शुक्रबार १० बैशाख २०७८

काठमाडौं शंखरापुर १ नाङ्लेभारे लामाबिसौनास्थित नवीनग्राम शिक्षा मन्दिर मावि परिसरमा आइतवार फागुको चहलपहल थियो । कक्षा ९ मा पढ्ने नाङ्लेभारेकै अस्मिता तामाङलाई दिउँसो ४ बजे साथीहरूले रङ दलिदिए । तर लगत्तै अनुहार भतभती पो’ल्न थाल्यो । सविन तामाङ र विशाल तामाङको अनुहारमा पनि ज’ल’न हुन थाल्यो ।

उनीहरूलाई रङ दल्ने पवन पहरी र आकाश तामाङको हातमा पनि ज’ल’न भइरहेको थियो । दोलालघाट घर भएका पवन र आकाश विद्यालय छेउमा सडक निमाृण गर्ने कामदार हुन् । उनीहरूले दूध संकलन केन्द्रबाहिर ग्यालिनमा राखिएको ए’सि’डलाई पानी सम्झिएर त्यसमै रङ घो’लेका रहेछन् ।

क्यान्टिनको आडमै रहेको केन्द्रबाहिर ग्यालिनमा ६ लिटर जति ए’सि’ड राखिएको थियो । एकैछिनमा स्थानीय भेला भए । प्रहरी आए । अस्मिता,विशाल र सविनलाई साँखुस्थित सुष्मा कोइराला मेमोरियल अस्पतालमा ल’गियो ।

अस्मिताको अनुहारमा ए’सि’डले ग’हिरो घा’उ बनाएको छ । विशाल उपचारपछि घर फकिएका छन् भने सविनलाई मंगलवार डिस्चार्जको तयारी गरिएको अन्नपूर्ण पोस्ट दैनिकमा अजवी पौड्यालले खबर लेखेकी छन् । तस्वीर सौजन्य : अन्नपूर्ण पोस्ट

१३ पटक हेरिएको

तपाईको प्रतिक्रिया