Thursday, October 22

२०–४० उमेर समूहबाट कोरोना फैलिने खतरा : डब्लूएचओ

August 19, 2020 139

टोकियो । विश्व महामारी कोरोना भाइरस २० देखि ४० वर्ष उमेर समूहबाट फैलिने खतरा बढी भएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले बताएको छ । मंगलबार वेस्टर्न पेसिफिकका क्षेत्रीय निर्देशक ताकेशी कासाईले यस्तो बताउनु भएको हो ।

यी उमेर समूहका धेरैजसो संक्रमितलाई आफू संक्रमित भएको कुरा थाहा नहुने देखिएको छ । कासाईका अनुसार यस उमेर समूहका धेरैजसो संक्रमितमा कुनै पनि लक्षण देखिने गरेको छैन ।

कसाईका अनुसार कोरोना संक्रमण फैलने खतरा झन बढ्दै गएको छ । ‘कोरोना संक्रमण फैलिने खतरा अझ बढेको छ’, उहाँले भन्नुभयो, ‘यो घना वस्तीमा खतरा छ । अझ अस्वस्थ मानिसलाई यो जोखिम छ ।’

गत डिसेम्बरदेखि फैलिएको कोभिड–१९ बाट हालसम्म विश्वभर २ करोड १८ लाख ८२ हजार बराबर संक्रमित भइसकेका छन् । जसमध्ये १ करोड ३८ लाख ८८ हजार ३०१ जना निको भइसकेका छन् भने ७ लाख ७४ हजार ३४ जनाको ज्यान गएको छ ।

प्रतिकृया दिनुहोस्