Wednesday, October 21

कोरोना संक्रमित गर्भवतीको सफल शल्यक्रिया, पछी छोरा जन्माइन

August 19, 2020 165

काठमाडौ । कोरोना भाइरसबाट संक्रमित गर्भवती महिलाको शल्यक्रिया गरी बच्चा जन्मिएको छ । गत मंगलबार कोरोना भाइरस पुष्टि हुनुभएकी उहाँलाई यसअघि काठमााडौ मेडिकल कलेजमा भर्ना गरिएको थियो । केएमसिबाट कोरोना पुष्टि भएपछि उहाँलाई पाटन अस्पताल रिफर गरिएको थियो । हाल पाटन अस्पतालमा दुईजना गर्भवती महिला कोरोना संक्रमित हुनुहुन्छ । प्रसूति गृहबाट रिफर गरेर जानुभएकी महिलाको भने शल्यक्रिया गरिएको छैन ।
चाँगुनारायण नगरपालिका झौखेल निवासी ३० बर्षीया गर्भवतीलाई पाटन अस्पतालमा त्यहाँका चिकित्सकहरुले शल्यक्रिया गरी सुत्केरी गराएका थिए । संक्रमित गर्भवतीले छोरा जन्माउनु भएको छ । शुक्रबार दिउँसो उहाँको शल्यक्रिया गरेर बच्चा जन्माइएको हो, पाटन अस्पताल कोभिड उपचार युनिटमा कार्यरत एक नर्सले भन्नुभयो,“अहिले उहाँको अवस्था सामान्य रहेको छ ।”अस्पतालका निर्देशक डा. विष्णु शर्माले बच्चा र आमाको अवस्था सामान्य रहेको जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस्