आइतबार १२ मंसिर २०७८

पछिल्लो समय नेपाली संगीतप्रेमी माँझ लोकप्रिय रहेको गीत ‘फुल बुट्टे सारी’ बोलको गीतलाई अहिले सवै दर्शकहरुले मन पराएका छन ।पछिल्लो समय हरेक उमेर समूहका व्यक्तिको जनजिब्रोमा बसेको फूल बुट्टे सारी गीतले टिकटकजस्ता सामाजिक सञ्जालमा व्यापकता पाइरहेको छ ।

महिला तथा पुरुष दुवैको स्वरमा सार्वजनिक भएको सो गीतले छोटो समयमै युट्युबमा करोड बढी भ्युज पाएको हो ।

सार्वजनिक अघिल्ला दुइ भर्सनले एक करोड बढी भ्युज पाईसक्दा नयाँ गीत सार्वजनिक भएको हो । मेल र फिमेल भर्सनको लोकप्रियता पश्चात यो गीत चाइल्ड र लेजेण्डरी भर्सनमा समेत आएको थियो ।यी सवै भर्सनलाई अहिले दर्शन श्रोताले निकै नै रुचाएका छन ।

त्यस्तै अहिले पछिल्लो समय यसलाई एक अफ्रिकी गायिकाले समेत गाएकी थिइन । उक्त भर्सन पनि दर्शक श्रोताले निकै नै मन पराएका थिए । अहिले आएर यो गीतको पन्जावी भर्सन पनि उत्तिकै भाइरल हुँदै गएको छ ।

२१४ पटक हेरिएको

तपाईको प्रतिक्रिया