बिहिबार ०५ जेठ २०७९

केही समय लगभग ३ महिना अगाडि ३ वर्ष मात्र लागेकी सानी नानीको आखामा क्या न्सर भएको थियो ।तर उनका पिताको अथक प्रयास र मिहिनेतले छोरीको उपचार गरेका थिए ।धेरै सहयोगको मद्दतले गर्दा उनले छोरीको उपचार काठमाडौमा गराएका थिए ।

उपचारको क्रममा उनले धेरै अस्पताल धाए ।धेरै किमो थेरापी लगायतका धेरै ओखती उनले गरे। तर जति गरेपनि उनले छोरीको आँखा समेत निकालेर फ्याँक्नु परेको थियोे ।

तेति गर्दापनि अहिले क्यान्सर दिमागमा फैलिएको र उपचार गराउन असम्भव भएको कुरा डाक्टरले उनलाई बताउदै आएका छन् ।छोरीको बाँच्न सक्ने अवस्था नै गम्भीर रहेको कुरा डाक्टरले उनलाई बताउदा उनी भाव बिहोल भएका छन् ।

यसरी छोरीको बिराम ठिक हुने बताएर अहिले छोरीको जीवन नै नरहने भएपछि पिता निकै दुखी भएर गुहार मागिरहेका छन् ।एउटा पिताको गुहार सुन्न र उनलाई छोरीको जीवन जोगाउन सबै मिलेर सहयोग गर्न आवस्यक देखिन्छ ।

७९ पटक हेरिएको

तपाईको प्रतिक्रिया