बिहिबार ०५ जेठ २०७९

बुटवल – सैनामैनाबाट बे प त्ता जितकुमारी कार्कीको शव तिनाउमा फेला परेको छ ।बुधबार साँझ पाल्पाको तिनाउ गाउँपालिकामा भेटिएको उक्त शव रुपन्देहीको सैनामैनाकी जित कुमारी कार्की (धना)को रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले पुष्टी गरेको छ ।तिनाउ –३ मा रहेको विद्युत गृहको ड्याम नजिकै तिनाउ नदीमा भेटिएको उक्त शव सैनामैना –३ की ७९ वर्षीया कार्कीको भन्दै उनका छोरा चक्र बहादुर कार्कीले पहिचान गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता लक्ष्मण पचभैयाले जानकारी गराए ।कार्की गत माघ ७ गते बिहान घरबाट मर्निङ वाकमा निस्केकि तर हाल सम्म पनि घरमा न आउदा र खबर अत्तो पत्तो हुदा परिवारजन तनावमा थिए ।

फेसबुकमा पछ्याउनुहोस्

यो पनि पढ्नुहोस -मोरङको धनपालथान गाउँपालिका-७ मा रहेको उखुबारीमा खाल्डो खनेर पुरिएकामध्ये एउटा शवको पहिचान भएको छ ।बिहीबार उत्खनन गरी निकालिएको शव धरान उपमहानगरपालिका–३ का ४९ वर्षीय राजेन्द्रकुमार श्रेष्ठको भएको मोरङ प्रहरी प्रमुख जनार्दन जिसीले जानकारी दिए । श्रेष्ठ भक्तपुरमा बस्दै आएको खुलेको उनले बताए ।

प्रहरीले उनको शवबाट नेपाल टेलिकमको सिम कार्ड, पर्स र सवारी चालक प्रमाणपत्र पनि फेला पारेको छ । श्रेष्ठको घाँटीमा डोरीले बाँधेको डाम छ ।एसपी जिसीका अनुसार बुधबार उत्खनन गरिएको अन्दाजी ३०/३५ वर्षका पुरुषको शव भने पहिचान भएको छैन । दुवै शवको प्रकृति एउटै भएका कारण अर्का व्यक्तिको पहिचान गर्ने प्रयास भइरहेको उनको भनाइ छ ।बुधबार निकालिएको शवको हात डोरीले बाँधिएको र घाँटीमा पनि डोरीको डाम छ । उखु काट्ने क्रममा किसानले खनेर पुरेको अवस्थामा खाल्डो देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

८१ पटक हेरिएको

तपाईको प्रतिक्रिया