Monday, November 30

बुद्दको १४ वटा अनमोल वचनहरु

August 19, 2020 167

गौतम बुद्द भन्ने बित्तिकै सबैको मनमा एक मात्रै ख्याल आउने गर्दछ, ज्ञानको खानी । गौतम बुद्द एक महान ज्ञानी र बौद्दिक व्यक्ति थिए । उनले भनेका बाटोमा यदि आज संसारका सम्पूर्ण मानिसहरु हिड्ने हो भने आज संसार नै बेग्लै भईसक्ने थियो । उनले भनेका हरेक वचनहरु अनमोल छन् । आज हामीले उनले भनेका १४ वटा अनमोल वचनहरुलाई यहाँ प्रस्तु गरेका छौ ।

१. स्वास्थ्य सबैभन्दा ठुलो उपहार हो, सन्तुष्टि सबैभन्दा ठुलो सम्पति हो र बिश्वास सबैभन्दा उत्तम सम्बन्ध हो ।

२. यदि तिमी आफैलाई प्रेम गर्न सक्छौ भने तिमीले अरुलाई पिडा सक्दैनौ ।

३. तिमीले आफ्नो रिसको लागी सजाय पाउने छैनौ तर तिमीलाई आफ्नो रिसद्वारानै सजाय मिल्नेछ ।

४. हजारौ युद्धहरु जित्नुभन्दा महत्वपूर्ण कुरा हो, स्वयम् आफैलाई जित्नु । त्यसपछि जित सधै तपाईकै हुनेछ । यो जितलाई तपाइँबाट कसैले खोस्न सक्दैन, न परिद्वारा न त राक्षसद्वारा ।

५. हाम्रो मस्तिष्कनै सबैथोक हो, हामी जे सोच्दछौ हामि त्यहि नै बन्दछौ ।

६. एउटा बलिरहेको मैनबत्तीबाट हजारौ मैनबत्तिहरु बाल्न सकिन्छ तर पनि उसको प्रकाश कम हुदैन, त्यसैगरी खुशीहरु झन् बढी बढ्दै जानेछ, कम हुने छैन ।

७. घृणाले घृणालाई कहिल्यै पनि मार्न सक्दैन, मात्र प्रेमिद्वारा मात्रै समाप्त गर्न सकिन्छ र यो प्राकृतिक सत्य हो ।

८. भुतकालमा नअल्झौ, भविष्यको सपनामा नहराउ, वर्तमानलाइ ध्यान देउ । खुशी रहने यहि मात्र एक बाटो हो ।

९. तिन चिज धेरै समय सम्म कहिल्यै लुक्न सक्दैन । सुर्य, चन्द्र र सत्य ।

१०. हजारौ खोक्रा शब्दहरु भन्दा शान्ति दिने एक शब्दनै उत्तम हुन्छ ।

नोट : तपाईहरुलाई हाम्रो बुद्दको प्रेरक जानकारी कस्तो लाग्यो ? यदि हाम्रो यो जानकारीले अरुको जीवनमा पनि परिवर्तन ल्याओस भन्ने चाहनुहुन्छ भने यो लेखलाई शेयर गर्दिनुहोला । तपाइको एक शेयरले थाहा नभएका हरुले ज्ञान पाउनेछन् भने हामीलाई पनि सहयोग मिल्नेछ ।

success quotes

 

प्रतिकृया दिनुहोस्