बुधबार ०९ आषाढ २०७८

सिन्धुलीको कमलामाई नगरपालिकामा बोलेरो जीप दुर्घटना हुँदा चार जनाको मृ’त्यु भएको छ भने ८ जना घाइते भएका छन्। अपराह्न कमलामाई नगरपालिका–७, करमडाँडामा घुम्तीमा मोड्न खोज्दा जीप पछाडि सरेर भिरबाट करिब ५० मिटर खसेको सिन्धुलीका प्रहरी प्रमुख आभुषण तिम्सिनाले जानकारी दिए।

जीप जिल्लाको पहाडी क्षेत्रमा पर्ने सिन्धुलीमाडीबाट बाँसकटेरीतर्फ गइरहेको थियो। मृ’त्यु हुनेहरुमा कमलामाई नगरपालिका -४ बाँसकटेरीका ६५ वर्षका रुद्रबहादुर थापा, १८ वर्षीया रीता स्माइली, १८ वर्षीया दुर्गा श्रेष्ठ र उनका २ वर्षीय छोरा मनिष रहेका छन्। बोलेरो चालकको अवस्था गम्भिर छ। उनलाई उपचारका लागि काठमाडौँ ल्याइएको छ।

यो पनि हेर्नुहोस दाङका यातायात मजदुरहरु आन्दोलित भएका छन् । उनीहरुले विभिन्न माग राख्दै आउदो मंगलवार यहि चैत १७ गते देखी सार्वजनिक यातायात सेवा अनिश्चितकालिन बन्दको घोषणा गरेका छन् । यातायात मजदुरसंग सम्वन्धित संघ संगठनहरुले आईतवार पत्रकार सम्मेलनको आयोजना गरी आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेका छन् ।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन जिल्ला कमिटी दाङ नेपाल यातायात मजदुर संघ ईकाई तुलसीपुर र अखिल नेपाल यातायात मजदुर संघ, दाङले सयुक्तहरुमा पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक यातायात बन्दको घोषणा गरेका छन् ।

 

२०६ पटक हेरिएको

तपाईको प्रतिक्रिया