मंगलबार १४ मंसिर २०७८

नेकपा एमालेका नेता योगेश भट्टराईले पार्टी एकता जोगाउन हरसम्भव प्रयास गरिनुपर्ने बताएका छन् । थोरै पनि लचकताबाट यो सम्भव रहेको उनले सामाजिक सञ्जालमार्फत बताएका छन् । पछिल्ला गतिविधिले एमाले विभाजन नजिक पुगेको उनको आशय छ ।

एमाले विभाजन भएपछि हुन नोक्सानीले मुलुकलाई दशकौँपछि धकेल्ने चेतावनी पनि उनले दिएका छन् । अतिवाद र अस्थिरताले के सम्म गर्छ भन्ने कुरा निकट विगतलाई सम्झे मात्रै पुग्ने उनले बताएका छन् ।

‘नेकपा एमालेको एकता कायम राख्न सबैले हरसंभव कोशिस गरौँ । थोरै पनि लचकताबाट यो संभव छ । बिग्रे पछि हुने नोक्सानीले मुलुकलाई दशकौँ पछि धकेल्ने छ । अतिवाद र अस्थिरताले के सम्म गर्छ निकट विगतलाई सम्झे मात्र पुग्छ’, भट्टराईले ट्विटरमा लेखेका छन् ।

नेकपा एकता बदर गरी एमाले र माओवादी केन्द्र ब्यूँताउने सर्वाेच्चको फैसलापछि एमालेभित्र पनि विभाजनको रेखा कोरिन थालेको छ । प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले अनुशासनको डण्डा चलाएपछि माधवकुमार नेपाल र उनी पक्षीय नेताहरु आक्रामक छन् ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

 

१७३ पटक हेरिएको

तपाईको प्रतिक्रिया