Monday, November 23

मंगलवार १ सय १ वर्षको उमेरमा राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन

August 18, 2020 60
काठमाडौं । राष्ट्रकवि माधव प्रसाद घिमिरेको निधन भएको छ ।

मंगलवार १ सय १ वर्षको उमेरमा निवासमा  निधन भएको काठमाडौं महानगरपालिका वडा नं २६ का वडाध्यक्ष खेम तिवारीले जानकारी दिए ।

उनको जन्म  वि.स. १९७६ असोज ७ गते लमजुङको पुस्तुन गाउँमा भएको हो ।

घिमिरे स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली भएका कुशल नेपाली साहित्यकार कवि र गीतकार हुन्।

उनी बाल्यावस्थादेखि निरन्तर रुपमा नेपाली साहित्यका कविता, खण्डकाव्य, गीतिनाटक, कथा, अनुवाद लेख प्रबन्धजस्ता अनेकौं विधा-उपविधाहरुमा निरन्तर कलम चलाउदै आएका बहुमुखी प्रतिभा हुन्।

प्रतिकृया दिनुहोस्