Monday, October 26

काठमाडौं उपत्यकामा अहिले २ हजार भन्दा बढी कोरोना संक्रमित तीनवटै जिल्ला प्रशासनले गरे कर्फ्र्युको तयारी

August 18, 2020 134

काठमाडौं । उपत्यकामा अहिले २ हजार भन्दा बढी कोरोना संक्रमित भएका छन । दिनहुँ एक सय भन्दा माथि संक्रमितको संख्या थपिदै गएको छ । भक्तपुरमा समुदायमै कोरोना फैलिएको अनुमान गरिएको छ । काठमाडौ र ललितपुरको अवस्था पनि त्यस्तै छ । कोरोना भयावह हुन थालेपछि निषेधाज्ञा लागू गर्ने तयारी भएको छ।

उपत्यकाका तीनवटै जिल्लामा कोरोना संक्रमितको संख्या थपिदै जान थालेपछि र कतै नगएकाहरुमा कोरोना पुष्टि भएको देखिएपछि प्रमुख जिल्ला अधिकारीहरु उपत्यकामा निषेधाज्ञा गर्ने वा लकडाउन गर्ने भन्ने बारेमा आन्तरिक तयारीमा जुटेका छन्। लकडाउन अन्त्य भएसंगै सर्वसाधारणको घुलमिल बढी भएको र उपत्यका भित्रने संख्या पनि बढेका कारण समुदायमै कोरोना देखिएको निष्कर्ष प्रशासनले गरेका छन् ।

सरकारले जारी गरेका स्वास्थ्यका मापदण्डहरुको पालना नगरिएको, काठमाडौं बाहिरबाट लुकिछिपी उपत्यकामा भित्रिने क्रम नरोकिनु उपत्यकामा कोरोना फैलने कारण भएको ठहर गर्दै आवतजावतलाई कडा पार्न के विधि अपनाउने भन्नेबारे केही दिनदेखि छलफलहरु भइरहेको काठमाडौका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताएका छन् । अन्य जिल्लामा भन्दा उपत्यकामा कोरोना संक्रमितको संख्या दिनहुँ बढी देखिएका छन् ।

उपत्यका कोरोनाको हटस्पट बन्यो उपत्यका, दुई हजारभन्दा बढी संक्रमित काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीले गत ३० गते रातिदेखि लागू हुने गरी विभिन्न आदेशहरू दिएका थिए। अत्यावश्यक बाहेकका पसल बन्द गर्न, भिडभाड, जात्रा, सभा, जुलुस, महोत्सव जस्ता गतिविधि नगर्न, सरकारले जारी गरेका स्वास्थ्यका मापदण्ड पालना गर्न आम सर्वसाधारणलाई आग्रह गरिएको भएपनि पालना भएको छैन ।

तरकारी पसल, चिया पसल र रेष्टुरेण्टहरुमा सर्वसाधारणको भिड देखिने गरेको छ । स्वास्थ्यका मापदण्ड पालना नगरेका कारण भयावह अवस्था आउने संकेत देखिएपछि थप कडाइ गर्नुपर्ने अवस्था आएको भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बताइन्। तीनवटै जिल्ला प्रशासन कार्यालयहरु गृहमन्त्रालयको निर्देशनको पर्खाइमा रहेको र निर्देशन नआए आफै निर्णय लिने तयारीमा रहेको पाण्डेले बताए।

nepali viral

प्रतिकृया दिनुहोस्