Tuesday, October 27

एक इजरायल गहना कम्पनीले २० करोड मूल्य पर्ने दुनियाँकै महँगो मास्क बनाउँदै

August 18, 2020 121

विश्वमा जारी कोरोना भाइरस महामारीले संसारलाई नै तहसनहस बनाइरहँदा भाइरसविरुद्धको खोपको अन्वेषण चलिरहेको छ । कोरोना भाइरसविरुद्धको खोप कहिले पत्ता लाग्ने हो टुंगो छैन । तर यहीँ मौकामा इजरायलले चाहिँ करोडौँ मूल्य पर्ने दुनियाँकै महँगो मास्क बनाउँदैछ ।

इजरायलको एक गहना कम्पनीले हिरा तथा सुनजडित कोरोना भाइरस मास्क बनाउन लागेको हो, जसको मूल्य १५ लाख डलर अर्थात् झण्डै २० करोड रुपैयाँ पर्नेछ । तयार भएसँगै यो मास्क विश्वकै महंगो मास्क बन्नेछ ।

यो मास्कमा १८ क्यारेटको सेतो सुनका साथै ३६ सय वटा सेतो तथा कालो हिरा प्रयोग प्रयोग गरिनेछ । एन ९९ फिल्टर सहितको उक्त मास्कको डिजाइन आइज्याक लेभीले गरेका हुन् । ग्राहकको माग बमोजिम एविल कम्पनीले सो मास्क डिजाइन गरी बनाइरहेको छ ।

कम्पनीमा यस्तै मास्कका अरु दुईवटा समेत अर्डर आएको र यो वर्षको अन्त्य सम्ममा मास्क तयार पारिसकिने लेभी बताउँछन् ।कम्पनीका मालिकसमेत रहेका लेभीका अनुसार त्योसँगै उक्त मास्कले विश्वको सर्वाधिक महँगो मास्कको रुपमा कीर्तिमान कायम गर्नेछ ।

२० करोड रुपैयाँ पर्ने उक्त मास्कका ग्राहकको नाम कम्पनीले खुलाएको छैन । तर ती ग्राहक अमेरिकामा बसोबास गर्ने चिनियाँ नागरिक रहेको कम्पनीको भनाइ छ । हफिङटनपोष्ट बाट

प्रतिकृया दिनुहोस्