Monday, October 19

१४ वर्षपछि ‘मेरी बास्सै’मा …….दमन रुपाखेती

August 18, 2020 129

कलाकार दमन रुपाखेती १४ वर्षपछि ‘मेरी बास्सै’ फर्किएका छन् । उनको यो शृङ्खलामा निर्देशक तथा कलाकारको रुपमा पुनरागमन भएको हो ।
नेपाल टेलिभिजनबाट प्रसार हुँदै आएको ‘मेरी बस्सै’ उनले नै सुरुवात गरेका थिए । ८० भाग निर्देशन गरेर शृङ्खलाबाट बाहिरिएका उनी त्यतिबेला ‘घर ज्वाइँ’को चरित्रमा देखिन्थे ।

दर्शकका लागि अझ रमाइलो ‘मेरी बास्सै’ दिने उद्देश्यले श्रृखलामा फर्किएको निर्देशक दमनले बताए । तत्कालै दर्शकले शृङ्खलामा नयाँ शैली पाउने छैनन्,’ दमनले भने ‘पुरानै शैलीमा उत्कृष्ट शृङ्खला पस्कने छु ।’ दमनको निर्देशन रहेको शृङ्खला आज साँझबाट प्रशारण हुनेछ ।

१४ वर्षको उमेरमै कलाकारिता सुरु गरेका दमन करिब तीन दशकदेखि कलाकारितामै छन् । दिनेश डिसीद्वारा निर्देशित कार्यक्रम ‘ट्वाक्क टुक्क’ मार्फत पहिलो पटक दर्शकमाझ देखिएका दमनले केही रेडियो नाटक, थुप्रै टेलिशृङ्खलामा अभिनय गरिसकेका छन् । नेपाली फिल्म, गाईजात्र कार्यक्रम, स्टेज कार्यक्रम तथा म्युजिक भिडियोमा पनि सक्रिय दमनले ‘मेरी बास्स’ले पहिले जस्तै दर्शकको माया र समर्थनको अपेक्षा गरेका छन् ।

 

प्रतिकृया दिनुहोस्