सोमबार २७ बैशाख २०७८

काठमाडौं । भूमी ब्यवस्था,  गरिवी निवारण तथा सहकारी मन्त्री डा शिवमाया तुम्बाहाङ्फेले  बालुवाटारको जग्गामा कसैले संरचना बनाए कडा कारवाही हुने बताएकी छन् ।

शनिबार सुनौलो नेपालसँगको विशेष कुराकानीका क्रममा मन्त्री तुम्बाहाङ्फेले यस्तो बताएकी हुन् ।

बालुवाटारको जग्गा अवैधानिक हिसाबले विभिन्न चरणमा ब्यक्तिको नाममा पुगेको र विभिन्न संरचनाहरु बन्ने क्रममा रहेको बताउँदै उनले भनिन् ‘ दुषित मनशायका साथ उहाँहरुले आफ्नो नाममा लगेर काम भइरहेको छ तीनै जमिनहरु अहिले दोस्रो, तेस्रो, चौथो तहमा बेचेर किनेर अहिले जो ब्यक्तिहरुले अहिले संरचना निर्माण गरिरहेको अवस्था छ । त्यो निर्माण नगर्ने भन्ने खालको कुराहरु भएको छ । र कसरि यो नेपाल सरकारको नाममा ल्याउने भन्ने प्रक्रिया अगाडि बढेको सन्दर्भमा हामीले पत्राचार गरेर उहाँहरुलाई तपाईँहरु अगाडि नबढ्दा उपयुक्त हुन्छ र अगाडि नबढ्नुहोला भनेर हामीले सम्बन्धित मन्त्रालय र महानगरला पनि सूचना पठाएका छौँ ।’

पत्रलाई बेवास्ता गर्दै संरचना बनाउने काम अगाडि बढे के हुन्छ भन्ने प्रश्नमा एकपटक अनुगमनमा जाने बताउँदै उनले भनिन्, ‘कानूनले जे भन्छ त्यो गर्छौ हामी ।’

sunaulonepal

६२ पटक हेरिएको

तपाईको प्रतिक्रिया