बिहिबार ०५ जेठ २०७९

चितवन – भरतपुर महानगरपालिका १६ बिजयनगरमा गैंडा मृत फेला परेको छ । अन्दाजी १०-१२ वर्षको भाले गैंडा सोमबार बिहान मृत अवस्थामा फेला परेको हो ।

सिद्धि गणेश सामुदायिक वनबाट करिब एक किलोमिटर गाउँतर्फ उक्त गैंडा फेला परेको डिभिजन वन कार्यालय चितवनका प्रमुख, डिभिजनल वन अधिकृत पदमराज नेपालले जानकारी दिए । नेपालका अनुसार आज बिहान ७स्३० बजे स्थानीयले गैंडा मृत अवस्थामा देखेपछि कार्यालयमा खबर गरेका थिए ।

मृत गैंडाको खागलगायतका बहुमुल्य अंगहरु सुरक्षित रहेको उनले बताए । घटनास्थलमा अहिले डिभिजन वन र चितवन राष्ट्रिय निकुञ्जका कर्मचारीहरु छन् ।

गैंडा के कारणले मरेको भन्ने पोस्टमार्टमपछि मात्रै थाहा हुने उनले बताए । मृत गैंडा पोस्ट मार्टमका लागि निकुञ्जको कार्यालय पठाईने उनले बताए ।

११३ पटक हेरिएको

तपाईको प्रतिक्रिया