सोमबार ०७ आषाढ २०७८

काठमाडाैं । त्रिदेशीय अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा नेपालले बंगलादेशसँग गोलरहित बराबरीमा खेलेकाे छ । यो बराबरीपछि पनि नेपाल फाइनलमा प्रवेश गरेको छ ।

अब नेपालले उपाधिका लागि सोमबार बंगलादेशसँग नै खेल्नेछ । नेपाल इतिहासमा पहिलाे पटक कुनैपनि गाेल नगरी प्रतियाेगिताकाे फाइनलमा पुगेकाे हाे ।

दशरथ रंगशालामा भएको खेलमा चिरप्रतिद्वन्द्वी बंगलादेशविरुद्ध नेपालले केहि राम्रा मौका पाएको थियो । जसमा नेपाली टिम चुक्न पुग्यो ।

नेपाल र बंगलादेशको बराबरीपछि किर्गिस्तान टिम भने प्रतियोगिताबाट बाहिरिएको छ ।

प्रतियोगिताको विजेताले ५ हजार तथा उपविजेताले ३ हजार अमेरिकी डलर प्राप्त गर्नेछन् भने मोस्ट भ्यालुएबल प्लेयरले ५०० डलर तथा प्रत्येक खेलका प्लेयर अफ दी म्याचलाई २५० डलर प्रदान गरिने एन्फाले जनाएकाे छ ।

sunaulonepal

७२ पटक हेरिएको

तपाईको प्रतिक्रिया