Saturday, November 28

प्रेस काउन्सिलको कार्यवाहक अध्यक्ष खोसिएपछि किशोर श्रेष्ठ न्याय माग्न सर्वोच्च अदालत……..

August 18, 2020 126

काठमाडौ । सरकारले नेपाल प्रेस काउन्सिलको कार्यवहाक अध्यक्षमा दुर्गा भण्डारीलाई नियुक्त गरेको छ । यस अघि वरिष्ठताका आधारमा किशोर श्रेष्ठले कार्यवाहक अध्यक्षको भूमिका निभाउदै आएका थिए ।

तर सरकारले काउन्सिलको सदस्यमै नरहेकी दुर्गालाई एकै पटक कार्यवाहक अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेपछि सरकारको सो निर्णय विरुद्ध सर्वोच्चमा मु/द्दा परेको हो । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले काउन्सिलका कार्यवहाक अध्यक्ष किशोर श्रेष्ठलाई हटाई भण्डारीलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

सो नियुक्तिको कानुनी बैधानिकतामाथि प्रश्न उठाउँदै अदालतमा रिट दायर गरिएको हो। काउन्सिलकै ऐनसँग बाझिने गरी भण्डारीलाई नियुक्त गरिएको भन्दै सर्वोच्चमा रिट परेको हो । सरकारले ऐन परिवर्तन गरेर भण्डारीलाई नियुक्त गरेको थियो ।

सूचना तथा सञ्चार प्रबिधि मन्त्रालयले साउन २६ गते काउन्सिलको नियमावली संशोधन गरेको थियो। काउन्सिलमा कार्यवहाक अध्यक्ष बनाउनुपर्दा काउन्सिल आफैंले त्यहाँ कार्यरतमध्ये वरिष्ठ सदस्यलाई बनाउने व्यवस्था यस अघि थियो । तर मन्त्रालयले सोहि बुँदा संशोधन र भण्डारीलाई नियुक्त गरेको हो ।

सरकारले ऐन मि’चेर नियमावली बनाई नयाँ नियुक्ति गरेपछि सोमबार सर्वोच्चमा रिट दायर गरिएको किशोर श्रेष्ठले पुष्टि गरेका छन् ।
यसैबीच, नेपाल पत्रकार महासंघले पनि सरकारको यो निर्णयको विरोध गरेको छ । काउन्सिलमा कार्यवहाक अध्यक्ष तोक्ने व्यवस्थासहित सरकारले प्रेस काउन्सिल कार्य व्यवस्था नियमावली संशोधन गरेकोप्रति विरोध जनाएको हो ।

मंगलबार विज्ञप्ति प्रकाशित गरी महासंघले प्रेस काउन्सिल ऐनविपरीत स्वीकृत गरिएको नियमावलीको उक्त प्रावधान तत्काल फिर्ता गरी प्रेस काउन्सिलको स्वायत्ततामाथि हस्तक्षेप नगर्न सरकारसँग आग्रह गरेको छ

प्रतिकृया दिनुहोस्