Tuesday, October 27

भर्खरै एसईई पास गरेकी सांसदको अब राजनीति शास्त्र पढ्ने धोको……..

August 18, 2020 150

कैलाली । सोमवार एसईईको परिणाम सार्बजनिक भएको छ। विद्यालय आफैंले मुल्यांकन गरेर पठाएको विद्यार्थीको नजितालाई रुजु गरि राष्ट्रिय परीक्षा बोर्डले परिणाम सार्वजनिक गरेको हो। आफु परिक्षार्थी भएपनि नजिता सार्बजनिक भएको बारेमा नेकपाबाट सुदूरपश्चिम प्रदेश सभा सदस्य चुन कुमारी देवी चौधरीलाई थाहै थिएन। दिनभर राजनीतिक कार्यमा व्यस्त सांसद चौधरीलाई साँझ घर आएपछि मात्र त्यो बारेमा थाहा भयो।

प्रदेश सभाको बर्खे अधिवेशन पनि अन्त्यभएसँगै राजनीतिक कार्यमा उनी दिनभर व्यस्त हुने गरेकी थिइन्। रिजल्ट कहिले आउँछ भनेर छटपटी पनि उनलाई भइरहेको थियो। सोमवार साँझ घर पुगेपछि मात्रै थाहा पाइन् रिजल्ट आएको। झट्ट मोवाईलमा हेर्न खोज्दा इन्टरनेटले काम गरेन। त्यतिबेला १० बजेको थियो। मोवाईलमा इन्टरनेटले काम नगरेपछि झन् छ’ट’प’टी भयो।

ठिक १२ बजे मोवाइलमा रिजल्टको नतिजा खुल्यो। अनि बल्ल थाहा भयो जिपिए २ दशमलव २५ ल्याएर पास भएकी छु भनेर सदस्य चौधरीलाई। एसईई पास पछिको शैक्षिक लक्ष्य भनेको जिपिएले साथ दिएपछि कक्षा १२ सम्म राजनीति शास्त्रर स्नातक तहमा ल पढ्ने सोच बनाएको चौधरीले बताइन्। कैलालीकै श्रीपुर ८ शारदा माविबाट एसईई दिएकी थिइन्।

कक्षा ९/१० गोदावरी नगरपालिका ८ स्थित सिद्धबावा माविमा अध्ययन गरेकी थिइन् उनले। गोदावारी नगरपालिका वडा नम्बर १ आधारभुत विद्यालयबाट ८ कक्षासम्मको पढाई गर्दा गर्दै माननीय बनिसकेकी थिइन्। ‘एसईईका लागि मैले धेरै मेहनत गरेर पढेकी हुँ,’ उनले भनिन्,‘ दिउँसो राजनीतिक भेटघाटमै समय सकिन्थ्यो राती म किताव पढ्थेँ।’

‘विहान ६ बजे १/२ कक्षा लिने, दिउँसो सदनमा जानैपर्ने, अन्य कार्यक्रमै सहभागिता देखाउनुपर्ने भएकाले पनि समयको व्यवस्थापनमा मैले ध्यान दिएकी थिए,’ उनले भनिन, ‘विहान स्कुल जाँदा ड्रेस लगाएर जान्थेँ, अन्य कार्यक्रममा जानका लागि लुगा बोकेर जान्थेँ उतै लगाउने गर्थेँ।’ कहिले काँही सदन सकेर विद्यालय समेत आउने गरेको उनको भनाई छ।

‘मलाई पढ्नको लागि १० मिनेट पनि समय थिएन,’ उनले भनिन, ‘धेरै मेहनत गरेर पास भए एकदमै खुसी लागेको छ।’ बाल्यकालदेखि नै पढ्ने रुचि थियो। तर बुवा अरुकै घरमा काम गर्ने भएका कारण उनले पढ्न समेत पाइनन्। गेटा घर भएकी चौधरीको नजिकै विद्यालय पनि थियो। तर पढ्न पाइनन्। ६ महिनाको प्रौढ शिक्षा लिएर नाम लेख्न सिकेको अनुभव सुनाउँछिन्। महेन्द्रनगरपोष्टवाट

प्रतिकृया दिनुहोस्