मंगलबार १४ मंसिर २०७८

गायिका कल्पना दाहाललाई फेरी अर्को पिडा थपिएको छ।उनि दुखबाट बल्ल केहि थिरिएको थिईन तर केहि समय बित्न नपाउदै फेरी अर्को बज्रपात भएको छ।उनकी आमा फेरी अस्पतालको बेडमा जीवनको लडाई लडिरहेकी छिन।

लामो समय देखिको बिरामी उनि फेरी बिरामी भए पछि कल्पनालाई थप पिडा थपिएको हो।आजै कल्पना दाहाल दोहोरी च्याम्पियनमा आउदै छिन आजै उनि अस्पतालमा जानु परेको छ।

‘उनकी आमालाई लागेको रोगले आफैलाई थला पारेको समेत उनि बताउछिन।घरमा एक जना बिरामी हुदा परीवारनै बिरामी जस्तै भईने रहेछ’ कल्पना दाहालले लालीगुराँस डटकम संग भनिन।

२०७२ सालको भुइचालो पछि बिरामी भएकी आमा अहिले झन् सिकिस्तै बिरामी भएपछि उनि दुखमा थप दुख थपिएको बताउछिन। दाईको गत बर्ष निधन भएको थियो ।त्यसको अघिल्लो बर्ष भाईको पनि क्यान्सरले निधन भएको थियो।

 

२०२ पटक हेरिएको

तपाईको प्रतिक्रिया