शुक्रबार ३१ बैशाख २०७८

काठमाडौं । गुगल म्यापमा नेपालको चुच्चे नक्सा समावेश भएको देखिएको छ । गत वर्ष नेपाल सरकारले जारी गरेको नयाँ नक्सालाई गुगल म्यापले समावेश गरेको हो । गुगलले नेपालले नयाँ नक्सामा दावी गरेको भू–भागलाई टुक्रे धर्काद्वारा देखाएको छ । सरकारले २०७७ जेठ ७ गते कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको नयाँ राजनैतिक नक्सा औपचारिक रुपमा सार्वजनिक गरेको थियो ।

उक्त नक्सा २०७७ जेठ ३१ गते संसदबाट सर्वसम्मत रुपमा पारित भएको थियो । यसअघि उक्त क्षेत्र भारतले अतिक्रमण गरेको थियो । नयाँ नक्सा अनुसार नेपालको कुल क्षेत्रफल १ लाख ४७ हजार ५ सय १६ वर्ग किलोमिटर रहेको छ । भारत सरकारले २०७६ कार्तिक १६ गते जारी गरेको नयाँ राजनीतिक नक्सामा कालापानी–लिपुलेक पश्चिमका नेपाली भू–भाग समेत समेटेको थियो ।

नेपालले उक्त नक्सालाई अस्वीकार गर्दै नयाँ नक्सा जारी गरेको हो । नेपालले नयाँ नक्सा जारी गरेपछि अन्तर्राष्ट्रिय समूदायको ध्यानाकर्षण हुनु पर्नेमा अहिलेसम्म भएको देखिँदैन । नेपालले पनि भारतसँगको उक्त सीमाविवादलाई आपसी संवाद र सहमतिबाटै हल गर्ने भनेर अहिलेसम्म अन्तर्राष्ट्रियकरण गरेको छैन ।

नेपालले संसदका लागि पटक पटक पहल गरे पनि भारत त्यसका लागि तयार भएको देखिँदैन् । गुगलले नेपालको नयाँ नक्सालाई समावेश गरेपछि अब यसलाई अन्तर्राष्ट्रियकरण गर्न सहज हुने बताइएको छ ।

news18nepal

५३ पटक हेरिएको

तपाईको प्रतिक्रिया