Monday, January 25

भालेको गल्तिको सजाय मालिकलाई………

August 18, 2020 79

एजेन्सी, २ भदौ । बिहान ४ बजेर ३० मिनेटमा भाले बास्नु नौलो होइन । तर इटलीमा यसरी बिहानै भाले बासेपछि निन्द्रा खल्वलिएको भन्दै प्रहरीमा उ’जुरी परेको छ । छिमेकीहरुल उ’जुरी गरेपछि भाले मालिकले बाध्य भएर २ सय डलर जरि’वानातिर्नुप-यो ।

८३ वर्षीय एन्जेलो बोलेट्टी इटलीको लोम्बार्डी क्षेत्रस्थित कास्टिरागा भिडार्डोका बासिन्दा हुन् । भाले बासेको विषयमा उ’जुरी परेपछि उनी जरि’वाना ति’र्न बा’ध्य भए । उनीविरु’द्ध स्थानीय नियम मिचेको आ’रोप थियो ।

नियमअनुसार छिमेकीको घरबाट कम्तिमा १० मिटरको दूरीमा मात्रै घरेलु जनावर राख्न पाइन्छ । यस्तो आ’रोपमा जरि’वाना तिराइएपनि खास सम’स्या भने कारो’लिना ना’मक भालेले बिहानै ४ बजेर ३० मिनेट जाँदा बास्नु हो, छिमेकीहरुले यसरी भाले बास्दा आफ्नो निन्द्रा खल्वलिएको उ’जूरी गरेका छन् ।

‘म निशब्द छु, त्यहाँ के आवश्यकता थियो ?’ बोलेट्टीले भनेका छन् । उनले आफुलाई यसअघि दूरी कायम गर्नुपर्ने विषय थाहा नभएको पनि बताएका छन् । उनीहरुले मलाई त्यसबाहेक पहिल्यै भनेको भए हुने थियो ।

कास्टिरागाकी मेयर इम्मान पर्फेट्टीले धेरै छिमेकीहरुबाट उ’जूरी आएका कारण जरि’वाना तिरा’उनुबाहेक अर्को विकल्प स्थानीय अधिकारीहरुसँग नरहेको प्रतिक्रिया दिएकी छिन् ।

यस विषयमा छा’नविन गर्नका लागि स्थानीय अधिकारीहरुले प्रहरीलाई पनि खटाएका थिए । बिहानै ठ्याक्कै ४ बजेर ३० जाँदा बास्न सुरु गरेको यो भाले झन्डै ६ बजेसम्म कराइरह्यो ।
एन्गेलो बोलिट्टीका अनुसार छिमेकीहरुको विगत १० वर्षदेखि आफुले कारोलिनो नामक यस भालेलाई पालिरहेको बताए ।

छिमेकीले गुनासो गरेपछि उनले केही समय पहिले यसलाई साथीको जिम्मा पनि लगाएका थिए । तर उनका साथी २० दिनसम्म घुम्नका लागि बाहिर निस्किएपछि त्यस अवधिका लागि उनले फेरि भालेलाई घरमा ल्याए । भाले बासेकै अभियोगमा मालिकले जरि’वाना तिर्नुपरेको यो पहिलो घट’ना भने होइन । यसअघि सबेरै भाले बासेको भन्दै एक फ्रेन्च परिवारविरु’द्ध उनका छिमेकीहरुले पनि मु’द्दा हालेका थिए ।

प्रतिकृया दिनुहोस्