Sunday, October 25

कोरोना संक्रमणबाट निको हुनेको संख्या घट्दो, पछिल्लो २४ घण्टा ८५ जना निको

August 18, 2020 121

कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ८५ जना निको भएर घर फर्किएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट ८५ जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या १७ हजार ५ सय ८० पुगेको छ । यो निको हुने कुल प्रतिशतमा ६२ दशमलव २ प्रतिशत हो ।

पछिल्लो २४ घण्टामा १३ हजार ४ सय ६१ जनाको पीसीआर परीक्षण गर्दा देशभर ५ लाख २९ हजार ४ सय २७ जनाको पीसीआर परीक्षण भएको छ ।

यस्तै नेपालमा अहिले १० हजार ५ सय ६२ जना सक्रिय संक्रमित छन् । त्यस्तै, हालसम्म १३ हजार ९सय ३६ जना क्वारेन्टाइनमा छन् भने आइसोलसनमा ९ हजार २ सय २१ जना छन् ।

 

प्रतिकृया दिनुहोस्