काठमाडौं, ०२ भदौ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’को सुरक्षामा खटिएको प्रहरीको जीपले स्कुटरलाई ठक्कर दिँदा २ महिला घाइते भएका छन् । मन्त्री बादल आज बाजुरा जानुहुने भएकाले उहाँलाइ त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलसम्म पुर्याउन सुरक्षा दिन हिडेको नेपाल प्रहरीको बा १ झ ५५५४ नम्बरको जीपले बा ९४ प १०२५ नम्बरको स्कुटरलाई ठक्कर दिँदा उनीहरु घाइते भएका हुन् ।
घाइते हुनेहरुमा २३ वर्षीया लिला थापा र २७ वर्षीया सुधा थापा घाइते रहेका छन् । उनीहरुलाई मंगलबार बिहान सिंहदरबार अगाडि ठक्कर दिएको ट्राफिक महाशाखाले जनाएको छ।
घाइते भएकीा दुवै महिलाको ट्रमा सेन्टरमा उपचार भैरहेको बताइएको छ । गृहमन्त्री थापालाई स्कर्टिङ गर्न जीप प्रहरी प्रधान कार्यालयबाट पुल्चोकस्थित मन्त्रीक्वार्टर जाँदै गर्दा ठक्कर दिएको हो । ठककर दिने जीपका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रतिकृया दिनुहोस्