सोमबार २७ बैशाख २०७८

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन केही दिनमा नै फिर्ता लिने बताएका छन् । नागरिक समाजले आयोजना गरेको नागरिकका प्रश्न र दलहरूको उत्तर विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।

‘हत्त न पत्त समर्थन फिर्ता नलिन ममाथि दबाब छ । नलिई है भनिरहेका छन् । समर्थन फिर्ता लिइस् भने झन् भद्रगोल हुन्छ भनिरहेका छन्,’ अध्यक्ष प्रचण्डले भने, ‘अब राजनीतिक र नैतिक रूपमा अब म धेरै दिन कुर्न सक्दिनँ ।’ राजनीतिक दलहरूबीच सहमति होस् र समर्थन फिर्ता सँगसँगै होस् भन्ने आफूले चाहेको समेत उनले बताए ।

उनले जनता एक भएर अघि बढेकाले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको सेटिङ भत्किएको समेत बताए । प्रतिनिधि सभा पुनःस्थापना पछि ओलीले राजीनामा दिने आफूहरूलाई लागे पनि त्यसो हुन नसकेको उनको भनाइ छ ।

news18nepal

८० पटक हेरिएको

तपाईको प्रतिक्रिया