सोमबार ०७ आषाढ २०७८

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले दुई पार्टीले वैधानिक रुपमा गरेको एकतालाई खारेज गरेर सर्वोच्च अदालतले विचित्र फैसला गरेको बताएका छन् । नागरिक आन्दोलनको कार्यक्रममा उपस्थिति भएका नेपालले सर्वोच्चले आफूहरुलाई घोक्र्याएर एमालेमा फर्काएको भन्दै आफूलाई अत्यन्त अप्ठेरो महसुस भएको समेत बताए ।

नेपालले भने, ‘मलाई यतिबेला भन्न पनि अप्ठेरो लागिरहेको छ । पार्टीको आन्तरिक कुरा किन यहाँ गर्यो भन्नु होला । तर, यति मात्रै भन्न चाहन्छु, सर्वोच्चले घोक्याएर हामीलाई एमालेमा फर्काइदियो । तर, हामी फर्किन पनि सकिरहेका छैनौं । मैले त हिजै संसदीय दलको वैठकमा बालुवाटारमा जान्न भनिसके‌ ।’

news18nepal

९१ पटक हेरिएको

तपाईको प्रतिक्रिया