Monday, October 19

आफ्नै साथीको छोरीमाथि यौन दुर्व्यवहार गरने,ब्रिटिस सेनामा सेवारत एक गोर्खा सैनिकलाई जेल चलान

August 18, 2020 65

लायत, २ भदौं । आफ्नै साथीको छोरीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा ब्रिटिस सेनामा सेवारत एक गोर्खा सैनिकलाई जेल चलान गरिएको छ ।

४४ वर्षीय बिनोद राईलाई ब्रिष्टोल क्राउन कोर्टले साँढे दुई वर्षका लागि जेल चलान गरेको स्थानीय अनलाइन विल्शायर टाइम्सले उल्लेख गरेको छ ।

फैसला सुनाउंदै न्यायधिस जेम्स प्याट्रिकले आफ्नो देशको लागि राईले सम्मानका साथ् काम गरेको भए पनि उनले बालिकामाथि अस्वस्थ चाहना राखेको बताएका थिए ।

घटना गत वर्ष सन् २०१९ को जुलाईमा घटेको थियो । आफ्नो बच्चा लिन रेल्वे स्टेशन पुगेका राइले ति १३ वर्षीय बालिकालाई समेत गाडीमा राखेर संगै लिएर आएका थिए । उनलाई स्टेशनबाट ल्याउनको लागि अविभावकले अनुमति नदिएको बालिकाका अविभावकले बताएका छन् ।

आफ्नो घरमा आएपछि गाडी पार्क गरेर उनी ड्राइभर सिटबाट बाहिर निस्किए र पछाडिको झ्याल खोले जहाँ ती बालिका बसेकी थिइन् । राईले ती बालिकाको छातीका संवेदनशील अंगमा सुम्सुम्याउने र पछाडि ढल्किन भन्दै उनको खुट्टाको बीचमा हात राख्ने प्रयास गरेका थिए । सोहि समयमा ती बालिकाको बुबाले उनलाई बोलाएपछि सो घटनाक्रमको अन्त भएको थियो ।

तर, राईले भने आफूले गल्ती नगरेको भन्दै आफूमाथि लागेको आरोप अस्वीकार गरेका छन् । राईको चरित्र राम्रो रहेको र उनले विशिष्ट रुपमा देशको सेवा गर्दै आएको जनाइएको छ । यौन दुर्व्यवहारको आरोप लागेका कारण उनले आफ्नो जागिर तथा आवास गुमाउनुका साथै बेलायतमा बस्न पाउने कानूनी अधिकार समेत गुमाउन सक्ने जनाइएको छ । एजेन्सी

नया पेज

प्रतिकृया दिनुहोस्