बिहिबार ०५ जेठ २०७९

१ माघ, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा एकै पारिवारका चारजना मृत अवस्थामा भेटिएका छन् । कर्णाली प्रदेशको राजधानीसमेत रहेको वीरेन्द्रनगर नगरपालिका–१०, बुदबुदेमा एकै परिवारका चार जना मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवंम् डीएसपी रामप्रसाद घर्तीले जानकारी दिए ।उनका अनुसार मृxत्यु हुनेमा शिवालय गाउँपालिका ४, जाजरकोटकी ३५ वर्षीया कल्पा बुढासँगै उनका ९ वर्षीय छोरा निरज बुढा, अर्का ८ वर्षीय छोरा चिरञ्जिवी बुढा र कल्पाका दाइ मानबहादुर बुढाका छोरा पाँच वर्षीय सोमराज बुढा मृत अवस्थामा भेटिएका हुन् ।

मृतक कल्पाका श्रीमान कृष्ण बुढा जाजरकोटमा मेडिकल चलाउँदै आएका छन् । वीरेन्द्रनगरमा ७७ वर्षीय ससुरा वीरबहादुर बुढासँगै कल्पा, दुई छोरा र भदै बस्दै आएको प्रहरीले जनाएको छ ।शुक्रबार बेलुका चारैजना खाना खाएर एउटै कोठामा सुतेका थिए । ससुरा बिहानै पूजाआजाका लागि मन्दिर गएर अराह्न चार बजे फर्किंदा कोही पनि उठेको नदेखेपछि शनिबार बेलुका ६ बजे प्रहरीलाई खबर गरेका थिए । उनीहरू कोठामा भित्रबाट चुक्कुल लगाएर खाटमा सुतेको अवस्थामा मृत भेटिएको डीएसपी घर्तीले बताए ।

कल्पनाका श्रीमान जाजरकोटबाट आउँदै गरेको र उनले आफू आइपुगेपछि अनुसन्धान अघि बढाउन भनेपछि अहिले प्रहरी टोलीले घxटxनाxस्थxलxको सुरक्षा दिइरहेको डीएसपी घर्तीले बताए ।घxटxनाxको कारण भने अनुसन्धानपछि मात्र खुल्ने प्रहरीले जनाएको छ ।

८९ पटक हेरिएको

तपाईको प्रतिक्रिया