बिहिबार १६ मंसिर २०७८

काठमाडौ । अनुसन्धानका लागि भन्दै गाउँमा गएको एक प्रहरीलाई स्थानियले रुखमा बाँधेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । भैंसी चोरी भएको विषयमा उजुरी परेपछि अनुसन्धानका लागि गएको प्रहरीले नराम्रो हर्कत गरेपछि प्रहरीलाइ नै स्थानियले रुखमा बाँधेका हुन् । स्थानियका अनुसार ति प्रहरीले महिलालाई जिस्क्याएका थिए । अनुसन्धानका लागि गाउँ पुगेको प्रहरीले महिलालाई देखेर नराम्रो हर्कत गर्न लागेपछि स्थानिय रिसाए । उनीहरुले प्रहरीलाई नै रुखमा बाँधिदिए । यो घटना भारतको हो । भारत राजस्थानमा भएको यो घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । राजस्थानको चित्तौड़गढ़मा एक प्रहरी अधिकारी गाउँमा पुगेका थिए । प्रहरीमा भैसी चोरी भएको उजुरी परेको थियो ।

जसलाई चोरीको आरोप लागेको थियो सोही घरमा सोधपुछका लागि गएका प्रहरी नै समस्यामा परेका हुन् । प्रहरीलाई रुखमा बाँधिएको खबर पाएपछि प्रहरी चौकीवाट थप प्रहरी टोली पुगेको थियो । ति प्रहरीलाई उद्दार गरिएको छ । प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको जनाएको छ । प्रहरी र स्थानिय दुवै तर्फवाट एक अर्कालाई आरोप लगाउँदै उजुरी परेका छन् ।

२५७ पटक हेरिएको

तपाईको प्रतिक्रिया