बिहिबार १६ मंसिर २०७८

प्रधानमन्त्री केपी शर्मा ओलीले बजारमा पाइने इनर्जी ड्रिङ्स स्वास्थ्यका हितकारी न’भएको बताउँदै गाई भैंसीको मोही पिउन सुझाव दिएका छन् । बिहिबार ललितपुरमा कृ’षि मन्त्रालयले आयोजना गरेको पशुपंछी ज’न्य उत्पादनमा मु’लुक आत्मनिर्भर घोषणा कार्य’क्रममा बोल्दै प्र’धानमन्त्री ओ’लीले मोही खान सुझाव दिएका हुन् ।

यो गर्मीमा के के ड्रि’ङ्स, मो’ही पो खानुपर्छ त । मोही पो खानुपर्छ । विदेशबाट बट्टामा इनर्जी ड्रि’ङ्स भनेर बिग्रिएको पानी पो आएको हुन्छ कि, केही थाहा हुँदैन । मोही दुई तीन दिनभित्र खाइ सक्नुपर्छ । फ्रि’जमा राख्यो भने दुई चार दिनसम्म पनि लम्ब्याउन सकिन्छ । खाने मोही हो नि, मोहीमा जस्तो तागत के मा छ ?’ प्रधानमन्त्रीले भने ।

प्रधानमन्त्री ओलीले डेरी उत्पादन जतिको स्वाथ्यवर्दक अरु पेय पदार्थ हुन नसक्ने बताए । यस्तै प्रधानमन्त्रीले विभिन्न ब्राण्डमा नेपालमा चकलेट उत्पादन गर्न सकिने बताएका छन् । उनले त्यस्ता चकलेटका सम्भावित ब्राण्डहरु समेत सिफारिस गरेका छन् । उनले भने– ‘उनले हामीले स्वीट्जरल्याण्ड, हल्याण्डको चकलेट किन खानुपर्यो ? हिमालय चकलेट किन नबनाउने ? माउन्ट ए’भरेष्ट चकलेट किन नबनाउने, माछापुच्छ्रे चकलेट किन नबनाउने ? फेवा चकलेट किन बनाउन नसक्ने ? फोक्सुन्डो चकलेट ।’ हामीले उ’त्पादन गरेका दूधबाट यस्ता धेरै ब्रा’ण्ड दिएर चकलेट बनाउन सकिने उनले सुझाए ।

उनले चौरीको दुधबाट बनेका खाद्यवस्तुलाई ब्रा’ण्डिङ गरेर अलि बढी मूल्यमै पनि बिक्री गर्न सकिने बताए । उनले चौरीको दूधबाट बनेका खाद्यवस्तु र च्याङ्‍ग्राको मासुलाई जडिबुटी खाएर उत्पादन भएको भनेर बढी मूल्यमा बेच्न सकिने उल्लेख गरे । उनले ती व’स्तुमा औ’षधीय गुण छ, त्यसकारण यसको मूल्य बढी पर्छ भनेर बिक्री गर्ने हो भने महङ्गो भएर पनि ग्राहक फेरि खरिद गर्न आउने बताउँदै ठूलो स्के’लमा उत्पादन गर्नुपर्ने बताए ।

यस्तै औ’षधीय गुण भएका फलफूल उत्पादन गरेर पनि बिक्री गर्नुपर्ने बताउँदै उनले एकपटक जामुन खाए एक वर्षलाई कलेजो सफा हुने उल्लेख गरे । उनले सरकारले कृषि क्षेत्रमा बैदेशिक लगानी खुला गर्न लागेको बिषयमा आफ्नो बचाउ गर्दै नेपालमा उत्पादन भएको कृ’षिजन्य सा’मग्री उत्पादन भई विदेशमा निर्यात गर्न सक्ने दावी गरे ।

sidhpati

१८५ पटक हेरिएको

तपाईको प्रतिक्रिया