सोमबार १३ मंसिर २०७८

आजकल सहर बजारमा घरका छत र कौसीमा तरकारी, फलफुल खेती र कुखुरा पालन गर्ने प्र’चलन बढेको छ । युवा जनशक्ति वैदेशिक रोजगारमा गएका कारण गाउँघरका खेतबारी बाँझै रहे पनि स’हरमा बसोबास गर्नेहरुले घरकै कौसीमा फलाएर ताजा तरकारीको स्वाद लिने गरेका छन् ।

गाउँमा छँदा खेतीपाती गरेको बानी, यता (तम्घास बजारमा) बसाई सराई गरेपछि खेतीपाती नगरी बस्न सकिनँ र कौसीमा तरकारी खेती र कुखरा पालन गरेकी छु,’ अधिकारी भन्छिन्, ‘आलुबाहेक घरलाई पुग्ने सबै प्र’कारका तरकारी फलाउने गरेकी छु, बाहिर किन्न जानु पर्दैन ।’

उनको कौसीमा सबै प्रकारका ह’रियो त’रकारी र फलफुलमात्रै होइन, लोकल कुखुरा पनि छन् । तरकारीका साथसाथै उनी मासुमा पनि आ’त्मनिर्भर भएकी छन् ।

पुर्ख्यौली घर गुल्मी कै मालिका गाउँपालिका–६, अर्जै गाउँबाट अधिकारीको परिवार १८ वर्ष अघि त’म्घास आएको हो । उनका श्रीमान् भारतीय सेनाका जागिरे भएपछि कमाएको पैसाले तम्घासमा घर बनाएको उ’नले सुनाइन् ।

गाउँमा अहिले पनि १७ रोपनी खेतीयोग्य जमिन रहेको अधिकारी बताउँछिन् । टाढा भएकाले त्यो जमिनमा खेती गर्न जान नसकेको उनले ब’ताइन् । आफू खेती गर्न जान नसकेका कारण दाजुभाइलाई नै गरिखान दिएको बताउने उनी गाउँको जमिनमा खेती गर्न नपाएकोमा पछुतो गर्छिन् ।

उनी भन्छिन्, ‘गाउँको जमिनमा खेती गर्ने मन अहिले पनि उत्तिकै छ तर समस्या बसाई सराईको हो । गाउँमा छँदा बर्सेनि ५ मुरी मकै, तीन मुरी कोदो र सात मुरी धान फलाउँथ्यौं, अहिले त दाजुभाइले केही जमिन बाँझो हुन दिनुभएको छैन, केही जमिन भने खयान बनेको छ ।’

उदिनढुङ्गास्थित उनको तीन तले घरको छतमा लसुन, प्याज, खुर्सानी, सिमी, साग–पात, विभिन्न फलफुलका बोट छन् ।

उनका श्रीमान् सुभाष अधिकारी दुई वर्ष अघि भारतीय सेनाबाट सेवानिवृत्त भए पनि हाल भारतकै एक कम्पनीमा सुरक्षा गार्डको जागिरे छन् । अधिकारीका एक छोरा सरकारी जागिरे छन् भने दुई छोरीमध्ये एउटी त’म्घास कै रे’सुङ्गा माध्यमिक विद्यालय र अर्की छोरी आदर्श विद्या म’न्दिरमा पढाउने गर्छन् ।

परिवारका सबै सदस्य जागिरे भएकाले आम्दानीको समस्या छैन । उनीहरु खाद्यान्नदेखि हरेक वस्तु ब’जारबाटै उपभोग गर्न सक्ने आर्थिक हैसियतका छन् । तर पनि घरकै कौसी प्रयोग गरेको भरमा तरकारी, फलफुल र मासुमा आत्मनिर्भर बन्न सकिन्छ भन्ने उदाहरण छर छिमेकीहरुलाई दिएकी छन् अधिकारीले ।

उनीहरुको घर आसपासका केही खेतीयोग्य जमिन बाँझै देखिन्छन् । तर अधिकारी परिवारले कौसीमा तरकारी, फलफुल खेती र कुखरा पालन गर्न सुरु गरेपछि छिमेकी रेसुङ्गा नगरपालिका–२ का व’डाध्यक्ष उदयबहादुर थापासहित धेरै घर परिवारले कौसीमा तरकारी खेती सुरु गरेका छन् ।

उ’दिनढुङ्गामात्रै होइन, अ’चेल स’दरमुकाम तम्घास बजारका अधिकांश घरका छत र कौसीहरू कृषिमय बनेको छ । तर उनीहरुको पुर्ख्यौली गाउँको जमिन भने बाँझोमा परिणत भएको छ ।

सदरमुकाम तम्घासबाट पैदल एक घण्टा समय लाग्ने रेसुङ्गा नगरपालिका–३ भाडगाउँमा व’डाध्यक्ष थ’म्मन केसीकै १५ मुरी धान फल्ने खेत बाँझै छ ।

विगतमा उनी शिक्षक थिए । सोही पेशामा लागे पछि सदरमुकाम तम्घासमा घर बनाए । वडाध्यक्ष केसी भन्छन्, ‘शिक्षक पेशाका कारण कृ’षि पेशा पेशा डु’ब्यो, १५ मुरी धान फल्ने खेत धेरै वर्षदेखि बाँझै छ ।’

उनकै दाजु–भाइ गु’ल्मीका पूर्व जिल्ला सभापति तथा नेपाली काँग्रेसका महासमिति स’दस्य चन्द्र केसीको ३० देखि ३५ मुरी धान फल्ने खेत पनि व’र्षौंदेखि बाँ’झै रहेको व’डाध्यक्ष केसीले बताए ।

sidhpati

१३० पटक हेरिएको

तपाईको प्रतिक्रिया