काठमाडौं । कोरोना भाइरस संक्रमणबाट भारतमा एक मन्त्रीको मृ’त्यु भएकाे छ ।भारतको उत्तर प्रदेशका सै’निक क’ल्याण, होमगार्ड र नागरिक सु’रक्षा मन्त्री चेतन चौहानको मृ’त्यु भएको छ । पूर्व भारतीय क्रिकेटसमेत रहेका ७२ वर्षीय चौहानको कोरोनाका कारण नि’धन भएको उनका भाइ पुष्पेन्द्रले पुष्टि गरेको भारतीय संचारमाध्यमहरुले बताएका छन् ।मन्त्री चौहानलाई १९ जुलाईमा कोरोना संक्रमण पुष्टि भएपछि गु’रुग्राम मेदान्ता अस्पतालमा हुँदै आएको थियो । उपचार गर्दा पनि स्वास्थ्य सुधार नभएपछि केही दिनदेखि चौहानलाई कृ’त्रिम श्वा’सप्रश्वासको व्यवस्था गरी राखिएको थियो ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मन्त्री चौहानको नि’धनप्रति दुःख व्यक्त गरेका छन् । मोदीले चौहानलाई शानदार क्रिकेटरको रुपमा स्मरण गर्दै पछि मे’हनती राजनेता बनेको बताएका छन् ।यसैगरी मुख्यमन्त्री योगीले चौहान जति चर्चित खेलाडी र लोकप्रिय नेता भएको बताएका छन् । उनले चौहानको अ’न्त्येष्टि मंगलबार हुने जानकारी दिएका छन् ।भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको पनि स्वास्थ्य अवस्था गम्भीर छ । उनलाई को’मामा लिइएको छ ।यसैबीच भारतमा कोरोना संक्रमितको संख्या २६ लाख ४७ हजार नाघेको छ ।
जसमध्ये ५१ हजार बढीको ज्यान ग’इसकेको छ । विश्वमा २ करोड १८ लाख २६हजार ४४७ संक्रमितको संख्या पु’गेको छ ।सोमबार विहानसम्म आइपुग्दा विश्वमा कोरोनाका कारण ज्यान गु’माउनेको संख्या ७ लाख ७३ हजार ७२ पुगेको छ ।अहिलेसम्म विश्वमा १ करोड ४५ लाख ६४ हजार बढीले कोरोनासँग जितेर घर फर्किएका छन् ।
प्रतिकृया दिनुहोस्