सोमबार ०७ आषाढ २०७८

पूर्व खानेपानी म’न्त्री बीना मगरले शु’क्रबार मेलम्ची खानेपानी आयोजनाको सु’न्दरीजलस्थित खानेपानी प्रशोधन केन्द्रको निरीक्षण तथा अवलोकन गर्नुभएको छ ।

मेलम्ची खानेपानी आयोजना विकास समितिको विशेष निमन्त्रणामा सुन्दरीजल पुग्नुभएकी पूर्व खानेपानी मन्त्री मगरले उक्त प्रशोधन के’न्द्रको अवलोकन गर्नुभएको हो ।

मेलम्चीको पानी काठमाडौं उप’त्यकाबासीलाई खुवाउन आफ्नो कार्यकाल भरी अहोरात्र ख’ट्नु भएकी पूर्व मन्त्री मगर काठमाडौंमा पानी वितरण हुनु अघि सु’न्दरीजल पुग्नु भएको हो ।

सुन्दरीजल पुगेपछि उहाँले पत्रकारहरु माझ भन्नुभयो, ‘हाम्रो अथक मेहनत र योजना मुताबिक मे’लम्ची आयोजनाको कामले तीब्रता पाएको हो । उप’त्यकाबासीको मेलम्चीको पानी पिउने सपना अब करिब पुरा भएको छ ।’

मेलम्चीबाट सुरुङमार्फत् ल्या’इएको पानी उक्त प्रशोधन केन्द्रमा प्रशोधन भइसकेपछि काठमाडौं उपत्यकामा वितरण गरिनेछ । आयोजनाले मेलम्चीबाट आएको पानी शु’क्रबारै उक्त प्रशोधन केन्द्रमा हालेको छ । एक दुई दिनपछि काठमाडौंका घरघरमा मेलम्चीको पानी आउने आयोजनाले जनाएको छ ।

आयोजनाले विभिन्न समयमा जारी गरेका तथ्यांकहरुमा सबैभन्दा बढी काम पू’र्वमन्त्री मगरको कार्यकालमा भएको देखिएको थियो । मगरको कार्यकालमा सम्पन्न हुने उक्त आयोजना सुरुङको गेटमा आएको प्रा’विधिक स’मस्याका का’रण केही समय ढिलो हुन गएको थियो ।

इटालियन क’म्पनी सीएमसीले बीचैमा काम छाडेर गएपछि पूर्व मन्त्री मगरकै स’क्रियतामा चिनियाँ नि’र्माण कम्पनी सिनो हाइड्रोसँग ठेक्का सम्झौता भएको थियो ।

मगरको कार्यकालमा सुरुङ मा’र्ग नि’र्माण, सुरुङको ब्रेक थ्रुदेखि हेडवक्र्स, सेन्सरगेट, प्रशोधन केन्द्र लगायतका क्षेत्रमा निर्माण कार्यले ती’व्रता पाएको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनमा मन्त्रालयको नि’रन्तर अ’नुगमन, निर्देशन र समस्या समाधानमा गरिएको सहजीकरण आयोजनाका लागि निकै फलदायी भएको समेत चर्चा छ ।

कस्तो रह्यो पूर्व मन्त्री मगरको कार्यकाल ?

चाइनिज निर्माण व्यवसायी चाइना रेलवेबाट ६४१७ मिटर समेत गरी जम्मा २५९२० मिटर सुरुङ्ग खन्ने तथा प्रारम्भिक सपोर्ट लगाउने कार्य गत चैत्र २७ गते ब्रेक थ्रु भएको थियो । हेडवक्र्स निर्माण क्षेत्रमा १ लाख घनमिटर ओपन कट तथा स्लोप स्टबिलाइजेशन गर्ने काम सम्पन्न भएको थियो ।

आयोजनाको सु’रुङभित्र भुइँ ढलान गर्ने कार्य मगरकै पालामा पूर्ण रुपमा सम्पन्न भएको थियो । पूर्वमन्त्री मगरकै सक्रियतामा ६२ प्रतिशत प्रगति रहेको आयोजनाले ३० महिनाको अवधिमा ९७ प्रतिशत प्रगति हासिल गरेको थियो ।

आयोजनाको निर्माण कार्य सम्पन्न भएर सुरुङभित्र पानी परीक्षण गर्ने क्रममा आ’कस्मिक दु’र्घटना भएपछि मे’लम्चीको काममा अवरोध पैदा भएको थियो ।

तर, त्यसको समाधानका लागि मगरले अनवरत प्रयास गरेर आयोजनाको उ’द्घाटनको समेत वातावरण बनिरहेको बेला प्रतिनिधि सभा बिघटन गर्ने प्र’धानमन्त्रीको क’दमप्रति असहमति जनाउँदै मगरले राजीनामा दिएपछि आयोजनामा फेरि सुस्तता देखिन पुगेको थियो ।

कुन मन्त्रीको काम कति ?

मेलम्ची आयोजनाको परिकल्पना भएको ४६ वर्ष पुग्यो । यसको सम्भाव्यता अध्ययन भएको २७ वर्ष पुग्यो । मेलम्ची खानेपानी आयोजना विकास समिति गठन भएको २० वर्ष भयो ।

त्यसयता मेलम्ची विकास समितिले आयोजनाको काम निरन्तर अगाडि बढाइरहेको थियो । तर, मन्त्री फेरिएपछि आयोजनाको कामले गति लिन सकेन ।

२६ वर्षको अवधिमा प्रेमबहादुर सिं’हदेखि बिना मगरसम्म २२ जना मन्त्री भए । २२ जना मन्त्रीले २६ वर्षमा ७० प्रतिशत काम गर्दा त्यसबारे खासै चर्चा भएन । तर बिना मगरले मन्त्रालयको कार्यभार स’म्हालेदेखि नै आलोचना भइरह्यो ।

तर, मन्त्री बिना मगरभन्दा पू’र्वका डेढ दर्जन म’न्त्रीहरुको कुल कार्यकालमा मेलम्ची आयोजनाको काम ७० प्रतिशत मात्र सम्पन्न भयो । खानेपानी म’न्त्रीमा बिना मगर आएपछि आयोजनाको कामले गति लियो ।

तर, उहाँ आएपछि मे’लम्चीको भौतिक प्रगति ९७ प्रतिशत पुग्यो । मन्त्री मगरको २१ महिने अवधि सम्म आईपुग्दा मे’लम्चीको भौतिक प्रगति करिब ९७ प्रतिशत पुग्दा पनि आलोचना हुन छाडेन ।

मन्त्री मगरले यस अवधिमा खानेपानी ऐन, ढल नीति बनाउनुका साथै ठूला आयोजनाको स’म्भाव्यता अ’ध्ययनको काम समेत अघि बढाइन् ।

आफ्नो कार्यकालमा मन्त्री मगरले मेलम्ची आयोजनालाई नै मुख्य जिम्मेवारीका रुपमा लिँदै छिटोभन्दा छिटो आयोजनाको काम सम्पन्न गर्न अग्रसरता देखाइन् । तर राष्ट्रिय राजनीतिमा आएको उतारचढाव र फेरबदलले गर्दा मेलम्ची आयोजनाको उद्घाटन गर्ने अवसर पू’र्वमन्त्री मगरलाई जुटेन ।

sidhpati

१०२ पटक हेरिएको

तपाईको प्रतिक्रिया