Friday, October 30

सलाम छ यि नेपाली डाक्टरलाई, जसले कोरोना लागेकी महिलाको ५ घण्टा लगाएर क्या’न्सरको श’ल्यक्रिया सफल पारे

July 23, 2020 215

काठमाडौं । नेपाली चि’कित्सकहरु विश्वका अन्य देशका चि’कित्सकभन्दा कम छैनन् । जसको उदाहरण मंगलबार चितवनस्थित बिपी कोइराला मेमोरियल क्या’न्सर अस्पतालमा देखियो ।

डा अनिलविक्रम कार्कीको नेतृत्वमा डा सदीक्षा अधिकारी, डा रोबिन भट्ट, डा भावना वाग्ले र नर्सहरु एन्जल कालाखेती, सरस्वती गुरु सहितको टिमले एक कोरोना संक्रमित महिलाको मुखको क्या’न्सरको सफल श’ल्यक्रिया सम्पन्न भएको छ ।

डा कार्कीको नेतृत्वमा रहेको टिमले करिब ५ घण्टा समय लगाएर राजविराजकी ६२ वर्षीया ती महिला मुखको क्य’ान्सरको श’ल्यक्रिया गरेको अस्पताल स्रोतले जनाएको छ ।

मुखको क्या’न्सका कारण अस्पताल पुगेकी ति बृद्धाको अस्पतालले भर्ना लिनु पूर्व गरेको कोरोना परिक्षणका क्रममा पोजेटिभ रिर्पोट आएको र सावधानीपूर्व सुरक्षाका सबै उपायहरु अपनाएर उनको श’ल्यक्रिया सफल भएको अस्पतालले जनाएको छ । उनको अहिले स्वास्थ्यमा क्रमिक रुपमा सुधार आएको अस्पतालले जनाएको छ ।

F

प्रतिकृया दिनुहोस्