शुक्रबार ०७ माघ २०७८

स्वर र सुन्दरताकी धनी सन्जु मोक्तान
मनोरञ्जन

समाज
January 7, 2022News981 OnlineLeave A CommentOn स्वर र सुन्दरताकी धनी सन्जु मोक्तान
भ्वाईस अफ नेपाल ३ मा चर्चित एउटा नाम हो सन्जु मोक्तान । डिजिटल अडिसन, ब्लाईन्ड अडिसन हुँदै ब्याटल राउण्ड सम्म आईपुगेकि सन्जुको यात्रा ब्याटल राउन्डबाट अघि बढ्न सकेन । सन् १९९७ डिसेम्बर ९ मा भक्तपुरमा जन्मिएकि सन्जुको पुर्खौली घर भने सिन्धुपाल्चोक हो । सन्जु गायन क्षेत्रमा मात्र होईन अन्य क्षेत्रमा पनि निकै प्रतिभावान छिन् ।

अध्ययन जिवनमा कहिल्यै सेकेन्ड नभएकी प्रतिभाकी धनी सन्जुले २०१७ मा मिस टिन नेपालको उपाधी समेत जितेकी थिईन । काठमाडौं डनबस्को कलेज पढेकी २२ बर्षिय सन्जु मोक्तानको स्वर मात्र राम्रो होईन मान्छे पनि उत्तिकै राम्री छिन् । उनको स्वरले धेरैलाई मन्त्रमुग्ध बनाएको छ । ब्लाईन्ड अडिसनमा ‘घर जलेर आज खरानी भो कठै गीत गाएर

टिम प्रमोदमा परेका रबि गहतराज र ब्लाईन्डमा ‘नसुनेझै गरि मेरो कुराहरु आज फेरी’ बोलको गीत गायर चार वटै कुर्सी घुमाएर रकिङ प्रस्तुती दिएकी सन्जु मोक्तानको ब्याटलमा भेट भयो । टिम प्रमोदको ब्याटल एकदमै आकर्षक रह्यो । दुई होनाहार उत्कृष्ट प्रस्तुतिले कोच प्रमोदलाई नकआउट राउन्डमा कसलाई लैजाने दोधारमा पारिदियो । उनले आफ्नो अशिशटेन्टलाई नै बोलाउनु पर्‍यो ।

ब्याटलमा दुबैको प्रस्तुती रकिङ रह्यो । सबै कोचले दुबैको तारिफ गरे । तर १ जनालाई छान्नुपर्ने थियो कोच प्रमोदले । उनले सन्जुलाई स्टिल हुने आशा गर्दै रबि गहतराजलाई रोजे । जब उनी भ्वाईसबाट आउट भैइन झनै उनको चर्चा चुलियो । सेलेक्ट भएको भन्दा पनि उनी झनै सजिलै सबैको मनमा बस्न सफल भैइन ।

कान्तिपुर टेलिभिजनमा भिजे गर्ने सन्जुलाई फिल्महरुको पनि अफर आएको तर उनले आफुले सोचेको जस्तो नभएकोले नगरेको बताईन । उनको आफ्नै ब्याण्ड पनि रहेको छ । उनै आवाजकी धनी सन्जु मोडलिङ पनि गर्छिन । उनको आकर्षक शरीर अर्को प्लस प्वाईन्ट हो । उनि संजालमा पनि निकै सक्रिय छन् । जहाँ उनका निकै बोल्ड तस्बिर देख्न सकिन्छ।

भ्वाईस अफ नेपाल ३ मा चर्चित एउटा नाम हो सन्जु मोक्तान । डिजिटल अडिसन, ब्लाईन्ड अडिसन हुँदै ब्याटल राउण्ड सम्म आईपुगेकि सन्जुको यात्रा ब्याटल राउन्डबाट अघि बढ्न सकेन । सन् १९९७ डिसेम्बर ९ मा भक्तपुरमा जन्मिएकि सन्जुको पुर्खौली घर भने सिन्धुपाल्चोक हो । सन्जु गायन क्षेत्रमा मात्र होईन अन्य क्षेत्रमा पनि निकै प्रतिभावान छिन् ।

अध्ययन जिवनमा कहिल्यै सेकेन्ड नभएकी प्रतिभाकी धनी सन्जुले २०१७ मा मिस टिन नेपालको उपाधी समेत जितेकी थिईन । काठमाडौं डनबस्को कलेज पढेकी २२ बर्षिय सन्जु मोक्तानको स्वर मात्र राम्रो होईन मान्छे पनि उत्तिकै राम्री छिन् । उनको स्वरले धेरैलाई मन्त्रमुग्ध बनाएको छ ।

५० पटक हेरिएको

तपाईको प्रतिक्रिया