Tuesday, January 19

मास्कमा लुकाएर १० हजार घुस दिएको भेटिएपछि प्रक्राउ

August 17, 2020 262

कोरोना संक्रमण (कोभिड–१९) संक्रमणलाई ध्यानमा पछिल्लो समय सबैले अनिवार्य रुपमा मास्क लगाउदै आएका छन् । तर सुरक्षाका लागि लगाइर्एको मास्कको प्रयोग गरी सोमबार वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण बिभागका कर्मचारीले सेवाग्राहीसँग घुस लिए ।

साझेदारी व्यवसाय दर्ताका लागि उपभोक्ताबाट १० हजार रकम घुस लिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले विभागका नायब सुब्बा शिवशंकर महतोलाई नियन्त्रणमा लिएको छ । घुस लिएको उपभोक्ताको गुनासोका आधारमा अनुसन्धान गर्दा मास्कमा लुकाएर १० हजार दिएको भेटिएपछि प्रक्राउ गरिएको विभाग स्रोतले जनाएको छ ।

स्रोतका अनुसार महातो नापिबाट भरखर सुरुवा भएर विभागमा नयाँ आएका थिए । सेवाग्राहीको बढी भिडभाड हुने र कर्मचारी कम भएपछि उनलाई विभागको वाणिज्य व्यवसाय दर्ता शाखामा काम लगाईएको थियो ।

 

प्रतिकृया दिनुहोस्