इनरुवा, १ भदाै । सुनसरीकाे औराबनीमा संचालनमा रहेको सीजी फुड्स प्रा.लि.मा कार्यरत चारजना कामदारमा काेराेना संक्रमण देखिएकाे छ । उनीहरूसहित सुनसरीमा नयाँ ३२ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य कार्यालय सुनसरीले पछिल्लो अवस्थासम्म प्राप्त रिपोर्टअनुसार जिल्लाबाट स्वाब संकलन गरिएका मध्ये ३२ जना नयाँ संक्रमित थपिएकाे जानकारी दिएकाे छ ।
औराबनीमा संचालनमा रहेको चाउचाउ उद्योगका कामदारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै गाउँपालिकाले उक्त उद्योग बन्द गराउनेतर्फ पहल थालेको छ । सीजीले वाइवाइ चाउचाउलगायत खानेकुरा उत्पादन गर्ने गर्छ ।
३ सय बढी कामदार कार्यरत सीजी उद्योगका कामदारमा संक्रमण देखिए पछि समुदायमा जोखिम बढेको भन्दै ३ सय बढी कामदार कार्यरत सीजी उद्योगका कामदारमा संक्रमण देखिए पछि समुदायमा जोखिम बढेको भन्दै उद्योग बन्द गर्ने तर्फ प्रकृया अघि बढाइएको प्रमुख प्रशासकीय अधिकृत प्रमोदकुमार चौधरीले बताए ।उद्योग बन्द गर्ने तर्फ प्रकृया अघि बढाइएको प्रमुख प्रशासकीय अधिकृत प्रमोदकुमार चौधरीले बताए ।
कामदारहरुलाई कार्यालयभित्रै राखेर उद्योग संचालन गर्नुपर्ने भए पनि सीजीमा कार्यरत कामदार भने घरबाटै आउजाउ गर्दै आएको गाउँपालिकाले जनाएको छ । यसैगरी जिल्ला प्रहरी कार्यालय सुनसरीका २ थुनुवामा समेत कोरोनाको संक्रमण पुष्टि भएको छ ।
हालसम्म सुनसरी जिल्लामा मात्र कुल संक्रमितको संख्या ३ सय ३२ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
inewstv
प्रतिकृया दिनुहोस्