बुधबार ०९ आषाढ २०७८

१२ चैत्र, काठमाडौँ । कतारस्थित नेपाली दूतावासले कतारमा रहेका नेपालीहरुको जानकारीका लागि सूचना जारी गरेको छ ।

विश्वभर कोरोना भाइरस(कोभिड १९) को संक्रमण बढ्न थालेपछि सुरक्षा सर्तकता बढाउन थालिएको छ । यसैक्रममा कतार सरकारले कोभिड १९ को संक्रमण बढ्न नदिन सबै कतारी नागरिक तथा अन्य बासिन्दाका लागि निर्देशन जारी गरेकाे हाे ।

दूतावासद्वारा जारी सूचनामा कतार सरकारले सबै कतारी नागरिक तथा अन्य बासिन्दाले सतर्कता र सुरक्षाका सम्बन्धमा पालना गर्नुपर्ने भन्दै जारी गरेको ३३ बुँदे विभिन्न प्रकारका निर्देशनहरुको पूर्ण परिपालना गर्न आग्रह गरिएको छ ।

कतारको Supreme Committee for Crises Management सिफारिसको आधारमा त्यहाँकाे मन्त्रीपरिषद्ले मार्च २६ देखि लागू हुने गरी कतारमा बस्ने सबै कतारी नागरिक तथा अन्य बासिन्दाले सतर्कता र सुरक्षाका सम्बन्धमा पालना गर्नुपर्ने भन्दै जारी ३३ बुँदे विभिन्न प्रकारका निर्देशनहरु मध्ये कतारमा कार्यरत नेपालीले पालना गर्नुपर्ने ७ बुँदे नियम सूचनामा उल्लेख गरिएको छ ।

दूतावासद्वारा जारी सूचनामा बैठक गर्दा स्वास्थ्य सुरक्षाका सम्पूर्ण प्रक्रिया अबलम्बन गर्दै ५ जना जना भन्दा बढी भेला उपस्थित हुन नपाइने, अनावश्यक रुपमा समाजिक भेटघाट नगर्ने र बन्द स्थानमा ५ जना भन्दा बढी भेला हुन नपाइने लगायतको नियम रहेका छन् ।

sansarnews

२६९ पटक हेरिएको

तपाईको प्रतिक्रिया