Wednesday, October 21

कोरोनाको रिपोर्ट, एक घण्टामै मोवाइलमा एसएमएस मार्फत जानकारी

August 17, 2020 151

काठमाडौ । नेपालमा अधिकांशको निधन पछि मात्र कोरोनाको रिपोर्ट आउने गरेको छ । अस्पतालमा उपचारका लागि आएकाहरुको कोरोना परिक्षण गरिन्छ । तर उनीहरुको निधन पछि मात्र रिपोर्ट आउने गरेको छ । अहिले सम्म कोरोनावाट निधन भएको भनिएकाहरु मध्य अधिकांशको निधन पछि मात्र कोरोना पुष्टि भएको छ । पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्दो क्रममा छ । यस्तो अवस्थामा कोरोनाको रिपोर्ट आउन ढिलाई हुँदा निधन भएकाहरुको पनि दा’ह संस्कारमा समेत ढिलाई हुने गरेको छ ।

यस्तो अवस्थाको मध्यनजर गर्दै वीरगञ्जमा एक घण्टामै कोरोना परीक्षण रिपोर्ट दिन सकिने प्रविधिबाट कोरोना परीक्षण सुरु भएको छ । एक्सपर्ट एक्सप्रेस सार्स कोभिड–२ परीक्षण सुरु भएको हो । वीरगञ्जमा समुदायमै कोरोना फैलिएको निष्कर्ष स्थानिय तहले गरेको छ । अब कोरोना पुष्टि भए नभएको बारे जानकारी एक घण्टामै दिने प्रविधि सुरु भएको छ ।

नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। मदन उपाध्यायले विश्व स्वास्थ्य संगठनबाट मान्यता प्राप्त यस प्रविधि निकै राम्रो भएको बताएका छन् । जीन एक्सपर्ट प्रविधिबाट एक साता अघिदेखि नै कोरोना परीक्षण भइरहेको उनले बताए । तर यो प्रविधि महंगो र सिमित मात्र भएकाले सबै ब्यक्तिको कोरोना परिक्षण यो प्रविधिवाट गरिदैन । आकस्मिक अवस्थाका विरामीका लागि मात्र अस्पतालले यस्तो प्रविधिवाट कोरोना परिक्षण गरिरहेको छ ।

कोरोनाको रिपोर्ट ढिलो आएको भन्दै गुनासो आउन थालेपछि अस्पतालले अब मोवाइल मार्फत नै रिपोर्टको जानकारी दिने ब्यवस्था मिलाएको छ । कोरोना परीक्षण रिपोर्टबारे जानकारी मोबाइलमै एसएमएसमार्फत जाने ब्यवस्था अस्पतालले मिलाएको छ । तर त्यसका लागि भने सम्बन्धित ब्यक्तिले सहि मोवाइल नम्बर दिनुपर्नेछ । अस्पतालले अहिले सम्म साउन ३१ गते सम्मको डाटा इन्ट्रि गरिसकेको जनाएको छ ।

प्रतिकृया दिनुहोस्