शुक्रबार ०८ आश्विन २०७८

काठमाडौँ । लोकप्रिय नायक पल शाह पनि विबादमा तानिएका छन् । नायक पल शाहले चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष अरुण प्रधानले आफूमाथि दु र्व्यव हार गरेको आरोप लगाइरहँदा पलले आँफु नै दु ब्र्यब हारमा परेको प्रतिक्रिया दिएका छन् । अरुणले पलविरुद्ध इलाका प्रहरी कार्यलय धरामा उजुरी दिएको खबर सार्वजनिक गरे लगत्तै पलले खाना खाने क्रममा अरुणजीले मलाई र मेरा सहयोगी कृष्णप्रसाद जोशीलाई दु र्व्यवहार गरेको दाबी गरेका छन् ।

पलका अनुसार अरुणले पललाई औँला उठाएर तथानाम गाली गरेपछि आँफुहरु खाना खाने स्थानबाट गएको प्रतिक्रिया दिएका छन् । यद्यपी उक्त समयमा पलका म्यानेजर कृष्ण र अरुणविच धकेलाधकेल भने भएको बताइन्छ । यो विषयले सामाजिक संजालमा भाइरल रुप धारण गरेसँगै आज दुवै पक्षलाई प्रहरीले छलफलका लागि बोलाएको बताइएको छ ।

इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतका अनुसार चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष अरुण प्रधानले पल विरुद्ध उ जु री दिएसँगै दुवै पक्षलाई छलफलका लागि बोलाइएको जानकारी दिए । म्युजिक भिडियोको सुटिङका लागि आउनु भएको थियो, लोकेशन हेर्नेदेखि सबै विषयमा मैले सहयोग गरेँको तर पलले आँफु विरुद्ध दु ब्र्य बहार गरेको चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष अरुण प्रधानको भनाई रहेको छ ।

४०३ पटक हेरिएको

तपाईको प्रतिक्रिया