बुधबार १५ मंसिर २०७८

महोत्तरीबाट बेपत्ता रहेका वृद्ध दम्पतीको खोजी गर्ने क्रममा प्रहरीले एक शव फेला पारेको छ ।

प्रदेश नम्बर २ प्रहरीका प्रमुख समेत रहेका प्रहरी नायब महानिरीक्षक धिरजप्रताप सिंहका अनुसार महोत्तरीका वृद्ध दम्पतीको खोजीका क्रममा एक पुरुषको शव फेला परेको हो ।

उक्त शव बेपत्ता मुसाफिर झाको हो वा होइन भन्ने कुरा यकिन हुन भने नसकेको सिंहले लोकान्तरलाई बताए ।

‘महोत्तरीको पिपरा गाउँपालिकाको पर्सास्थित माटोमा पुरिएको अवस्थामा शव भेटिएको हो,’ उनले भने ।

गत फागुन ११ गतेदेखि महोत्तरीको पिपरा गाउँपालिकाका सहोरवा गाउँका मुसाफिर झा र उनकी श्रीमती गीतादेवी झा बेपत्ता छ ।

महोत्तरी प्रहरीले सोही गाउँका रामबाबु यादव र उनका दुई छोरा तथा एक भारतीय नागरिक हरेन्द्र ठाकुरलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

lokantar

३२२ पटक हेरिएको

तपाईको प्रतिक्रिया