शुक्रबार ०७ माघ २०७८

बैतडी दोगडाकेदार गाउँपालिका– ७ की भागरथी भट्टको भेजाइनल स्वाबमा भेटिएको डीएनए र हत्या आरोपमा पक्राउ परेका दिनेश भट्टको डीएनए मेल खाएको छ ।

बलात्कारपछि हत्या गरिएकी भागरथीको भेजाइनल स्वाबमा भेटिएको डीएनए दिनेशसँग मेल खाएको प्रहरीले जानकारी दिएको छ ।

‘डीएनए मेल खाएको रिपोर्ट राष्ट्रिय विधि विज्ञान प्रयोगशालाबाट आएको छ,’ ‘सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) उत्तमराज सुवेदीले जानकारी दिए ।

बलात्कार र हत्या आरोपमा पक्राउ परेका दिनेश पुर्पक्षका लागि डोटीस्थित सुधार गृहमा छन् ।

lokantar

४३ पटक हेरिएको

तपाईको प्रतिक्रिया