Tuesday, October 27

सप्तरी जिल्ला प्रशासन कार्यालयद्वारा निषेधाज्ञा जारी !

July 23, 2020 128

राजविराज । सप्तरी जिल्ला प्रशासन कार्यालयले राजविराजमा आज बिहान ५ बजेदेखि अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरिएको छ। कोरोना संक्रमण बढेको भन्दै निषेधाज्ञा जारी गरिएको हो ।

जिल्लामा ४ सय ४ जनामा कोरोना संक्रमण भइसकेको र तीमध्ये राजविराजमा एक जनाको मृत्यु भएकाले सो नगरपालिकामा अर्को आदेश नहुँदासम्मका लागि अत्यावश्यक सेवा बाहेक अन्य सबै गतिविधि निषेध गरिएको प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

उक्त आदेश उलंघन गर्ने व्यक्तिलाई कानुन बिमोजिम कडा कारबाही गरिने चेतवानी पनि विज्ञप्तिमा दिइएको छ।

सबैको जानकारीको शेयर गर्नुहोस !!

प्रतिकृया दिनुहोस्