सोमबार ०३ माघ २०७८

अभिनेत्री एवम् निर्देशक दीपाश्री निरौलाको फेसबुक एकाउन्ट ह्याक भएको छ। अभिनेता दीपकराज गिरीले सामाजिक सञ्जालमार्फत दीपाश्रीको फेसबुक ह्याक भएको जानकारी दिएका हुन्

‘दीपाजीको फेसबुक ह्याक भएको छ। सरोज खनाल दाइको पनि फेसबुक ह्याक भएको छ’, उनले भनेका छन्, ‘ह्याकरले चलचित्रकर्मीको फेसबुक ह्याक गर्दै पैसा माग्न थालेको छ। सजग रहनुहोला।’

दीपाश्रीसँग अभिनेता सरोज खनालको आइडीबाट कुरा गरेर कोड मागेपछि आफ्नो एकाउन्ट ह्याक गरेको उनले बताइन्। ‘सरोज खनालको एकाउन्टबाट मसँग च्याट गरिएको थियो। उक्त एकाउन्टबाट मलाई आएको एउटा कोड मागिएको थियो, मैले पनि पठाइदिएपछि मेरो पनि फेसबुक ह्याक भएको पाएँ’, उनले भनेकी छन्।

ह्याक गरेपछि ती व्यक्तिले आफ्नो एकाउन्टबाट भानिज सुमन गिरीलाई भाइ बिरामी परेको भन्दै एक लाख रुपैयाँ पठाइदिन भनेकाले सतर्क हुन उनले आग्रह गरेकी छन्।

farakdhar

२३० पटक हेरिएको

तपाईको प्रतिक्रिया