Wednesday, October 21

लिदीमा पहिरोले बगाउादा ३८ घर पुरिए भने १७ को मृत्यु भने २३ जना अझै बेपत्ता (भिडिओ हेरनुहोस)

August 17, 2020 106

शुक्रबार पहिरो गएको स्थानमा प्रतिनिधिसभाका सभामुख र शनिबार बाग्मती प्रदेशका मुख्यमन्त्री सहितको जम्बो टिम ठूलै धनराशी खर्च गरेर हेलिकोप्टर शयर गरेर सिन्धुपाल्चोकको लिदी पुगे । तर अझै लिदीबासीको समस्या दीर्घकालीनरुपमा समाधान गर्ने  विषयमा भने कसैले ध्यान दिएका छैनन्। लिदीमा पहिरोले एउटा पाटो बगाउादा ३८ घर परिएका छ्न भने १७ को मृत्यु भएको छ भने २३ जना अझै बेपत्ता छन ।

 

केही समयअघि मात्रै सिन्धुपाल्चोककै बाह्रविसे नगरपालिकाको जम्बु, खातदल र भोटेकोशी गाउापालिकामा पहिरोमा पुरिएर १८ जनाको मृत्युभयो । त्यस घट्नाको घाउको खाटा बस्न नपाउदै सिन्धुपाल्चोककै जुगल गाउापालिकाको लिदीमा साउन ३० गते बिहान ३८ घर पहिरोमा पुरिएका छन् । यहाका स्थानीयले पहीरोको जोखिमका कारण लिदीमा बस्न समस्या उत्पन्न भएको भन्दै आफ्ना जनप्रतिनिधिलाई सुरक्षित स्थानमा सारीदिन आग्रह गरे तर उनीहरुको आग्रहलाई शक्ति र सत्तामा भएका सवैले अहिलेसम्म वेवास्ता गरे  ।सिन्धुपाल्चोकबाट निर्वाचन जितेका अग्नी सापकोटा प्रतिनिधि सभाका सभामुख हुन् । यस्तै अरुण नेपाल र युवराज दुलाल बाग्मती प्रदेशका मन्त्री छन् । बाग्मती प्रदेशकै अर्थ तथा विकास समिति सभापति नेपाल यही निर्वाचन क्षेत्रबाट निर्वाचित जनप्रतिनिधि हुन् ।  जुगल गाउापालिकाका अध्यक्ष होमनारायण श्रेष्ठ गाउापालिका महासंघका अध्यक्ष हुन् । सत्ताको शक्तिमा रहेका आफ्नै जनप्रतिनिधिले वेवास्ता गरिदिादा सिन्धुपाल्चोकका बासिन्दा वर्षैपिच्छे पहिरोमा पुरिएर मृत्युवरण गर्न बाध्यछन् ।सत्ता र शक्तिकै आडमा पहिरो गएपछि पीडित परिवार भेट्न पटकपटक हेलिकोप्टर सयर गर्न सक्ने यस क्षेत्रका जनप्रतिनिधिले आफ्ना जनताको पिरमर्का र समस्या समाधानका लागि  लिदीबाट स्थानान्तरण गर्ने विषयमा  सोचेकोसम्म देखिएन । हेलिकोप्टर शयरगर्दै सिन्धुपाल्चोक धाउने जनतिनिधिले गरेको खर्चले यहााका  बासिन्दालाई सुरक्षित स्थानमै सार्न सकिन्थ्यो । तर त्यसतर्फ भने अझै कसैको ध्यान पुगेको छैन ।

media kantipurtv.com

प्रतिकृया दिनुहोस्