बुधबार ०९ आषाढ २०७८

रेशम चौधरी रिहाइका लागि गरिएको धर्नामा गृहमन्त्री थापा !

काठमाडौं । काठमाडौको माइती घर मण्डलामा टीकापुर घटनामा दो षी ठहर भई गारागार चलान भएका रेशम चौधरीको रिहाइको माग गर्दै धर्ना जारी छ । केही दिन देखि माइतीघरमा धर्ना जारी छ । तस्बिरमा देख्न सक्नुहुन्छ सो धर्नामा गृहमन्त्री रामवहादुर थापा वादल पनि देखिएका छन् ।

वास्तवमा गृहमन्त्री धर्नामा रहेकाहरुलाई भेट्न माइतीघर मण्डला पुगेका हुन् । धर्ना वसेकाहरुसंग कुराकानी गर्न गएका थापा केहीवेर त्यहाँ बसेका थिए । धर्नामा गृहमन्त्री रामबहादुर थापा पनि पुगे पछि उनले केहीवेर कुराकानी गरेका छन् ।

नयाँ सत्ता समीकरणका लागि चौधरीको रिहाइलाई जसपाले सर्त बनाइरहेका बेला माइतीघर मण्डलामा दैनिक एक घण्टा धर्ना भइरहेको छ ।

धर्नास्थल पुगेका थापाले केही बेर थारु अगुवाहरूको मागबारे जिज्ञासा राखेर फर्किएको बताइएको छ ।

२०७२ मा कैलालीको टीकापुरमा एक नाबालकसहित ७ प्रहरीको ह त्या भएको थियो । चौधरीलाई उक्त घटनाको दो षी ठहर्‍याएको थियो ।

थारु समुदायका अगुवाले यसलाई पहिचानको आन्दोलनसँग जोड्ने गरेका छन् । पछिल्लो राजनीतिक घटनाक्रम पछि अब सत्ता समिकरण परिवर्तन गर्नुपर्ने माग उठिरहेको छ । विभिन्न राजनीतिक दलहरु छलफलमा जुटेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली पनि सत्तामा आफ्नो वहुमत पुर्याउन विभिन्न दलसंग परामर्शमा छन् । उनले जसपासंग छलफल चलाइरहेका छन् । जसपाले सत्ता समिकरणका लागि रेशम चौधरी रिहाइलाई पहिलो सर्त राखेको छ ।

काठमाडौको माइती घर मण्डलामा टीकापुर घटनामा दो षी ठहर भई गारागार चलान भएका रेशम चौधरीको रिहाइको माग गर्दै धर्ना जारी छ । केही दिन देखि माइतीघरमा धर्ना जारी छ । तस्बिरमा देख्न सक्नुहुन्छ सो धर्नामा गृहमन्त्री रामवहादुर थापा वादल पनि देखिएका छन् ।

वास्तवमा गृहमन्त्री धर्नामा रहेकाहरुलाई भेट्न माइतीघर मण्डला पुगेका हुन् । धर्ना वसेकाहरुसंग कुराकानी गर्न गएका थापा केहीवेर त्यहाँ बसेका थिए । धर्नामा गृहमन्त्री रामबहादुर थापा पनि पुगे पछि उनले केहीवेर कुराकानी गरेका छन् ।

नयाँ सत्ता समीकरणका लागि चौधरीको रिहाइलाई जसपाले सर्त बनाइरहेका बेला माइतीघर मण्डलामा दैनिक एक घण्टा धर्ना भइरहेको छ ।

धर्नास्थल पुगेका थापाले केही बेर थारु अगुवाहरूको मागबारे जिज्ञासा राखेर फर्किएको बताइएको छ ।

२०७२ मा कैलालीको टीकापुरमा एक नाबालकसहित ७ प्रहरीको ह त्या भएको थियो । चौधरीलाई उक्त घटनाको दो षी ठहर्‍याएको थियो ।

थारु समुदायका अगुवाले यसलाई पहिचानको आन्दोलनसँग जोड्ने गरेका छन् । पछिल्लो राजनीतिक घटनाक्रम पछि अब सत्ता समिकरण परिवर्तन गर्नुपर्ने माग उठिरहेको छ । विभिन्न राजनीतिक दलहरु छलफलमा जुटेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली पनि सत्तामा आफ्नो वहुमत पुर्याउन विभिन्न दलसंग परामर्शमा छन् । उनले जसपासंग छलफल चलाइरहेका छन् । जसपाले सत्ता समिकरणका लागि रेशम चौधरी रिहाइलाई पहिलो सर्त राखेको छ ।

euonlinekhabar

१३४ पटक हेरिएको

तपाईको प्रतिक्रिया