Tuesday, December 1

समाजसेवी क्याप्टेन विजय लामा र युवा समाजिक अभियन्ता अपरा थापा भट्टराईको प्रयासमा सामुदायिक बिद्यालयका १ सय ३० बालबालिकाहरुलाई दिवा खाजा प्रदान

August 17, 2020 128

काठमाडौं-समाजसेवी क्याप्टेन विजय लामा र युवा समाजिक अभियन्ता अपरा थापा भट्टराईको प्रयासमा सामुदायिक बिद्यालयका १ सय ३० बालबालिकाहरुलाई दिवा खाजा प्रदान गरिएको छ ।गत साउन ३० गते शुक्रबारका दिन उक्त कार्यकमको आयोजना गरिएको हो । यो दिवाखाजा प्रदान गर्नुको मुख्य उद्देश्य भनेको शिक्षालाई प्रवर्द्धन गर्नु हो ।

वितरण गरिएको खाना प्रत्येक बिधार्थीको लागि १ महिनाको लागी दिवा खाजा पुग्नेछ । कोभिड-१९ ले गर्दा बालबालिकाको शैक्षिक संस्थाहरु बन्द छन । र ,उनीहरु घरमै बसेर टन्न पेटभरि पौष्टिक खाना खाई शिक्षालाई निरन्तरता दिउन भन्ने उद्देश्यले यो कार्यक्रमको आयोजना गरिएको अपरा थापा भट्टराईले बताइन ।

काठमाडौँ महानगरपालिकाको नगर उपप्रमुख हरि प्रभा श्रेष्ठ लगायत व्यक्तिहरुको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न गरियो । न्यानोपन वर्षौं देखि नेपाली जनताहरुलाई विभिन्न किसिमका सेवाहरु प्रदान गर्दै आइरहेको छ ।आगामी दिनहरुमा विद्यार्थीहरूको शिक्षालाई लक्षित गरी खानाको मार्फत शिक्षालाई प्रवर्द्धन गर्ने किसिमका कार्यहरूलाई बिशेष प्राथमिकता दिने उद्धेश्य राखेको छ ।

धेरै विद्यार्थीहरु यो महामारीले गर्दा फेरी विद्यालय जान पाइरहेका छैनन् र उनीहरुको घरमा बस्न बाध्य छन् । घरमा बसेता पनि जंकफुड (अस्वास्थ्यकर खाद्य)नखाइकन पौष्टिक खानेकुरा खाएर उनीहरुले पढाइमा निरन्तरता दिनेछन भन्ने यस संस्थाको लक्ष्य हो ।
फिनल्याण्डमा रहेका नेपालीयुवाहरुले एफसि गाउले नामक फूटबल क्लब(भकुण्डो टोली )ले भकुण्डो प्रतियोगिता गरि आर्थिक सहयोग जुटाई दिएको हो ।

न्यानोपन परिवारद्वारा उक्त भकुण्डो टोली प्रति आभार व्यक्त गरेको छ । साथै बिशेष धन्यबादका पात्र विजय गुरुङलाई न्यानोपनले दिदै जसको प्रयासले १३० बालबालिकाले एक महिनाको लागि पौष्टिक खाना खाई घरैमा बसि आफ्नो पढाईलाई निरन्तरता दिनेछन ।धेरै भन्दा धेरै विद्यार्थीहरुलाई सहयोग गर्ने संस्थाको उद्धेश्य रहेकोले सहयोग गर्न चाहना राख्ने सबैलाई न्यानोपनले स्वागत गर्ने जनाएको छ । OsNepal

प्रतिकृया दिनुहोस्