Saturday, October 31

कुलमानघिसिङको को कमाल, जाँदाजाँदै विद्युत् प्राधिकरणलाई ११ अर्ब दिलाए नाफा

August 17, 2020 116

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको नेतृत्व सम्हालेका कार्यकारी निर्देशक कुलमान घिसिङको चुस्त व्यवस्थापनका कारण प्राधिकरणले देशलाई लोडसेडिङमुक्त मात्रै बनाएन अबौँ नाफा समेत दिलाउन सफल भयो ।

कुलमान घिसिङको कार्यकाल भन्दा अगाडीका नेतृत्वकर्ताले ब्याट्रि र बल्बबाट आउने कमीसन खानैका लागि वर्षौदेखि राज्यलाई अन्धरकारमा राखे । तर जब कुलमानले नृतटृत्व संहाले तब देशले मुहार फेर्यो ।

र मुलुक नै उज्यालो भयो । कुलमानको अगाडी ब्याट्रिको कमिसन खाने दलालहरुले शिर उठाउन सकेनन् र उनीहरु गुमनाम भए । कुलमानको कार्यकाल सकिनै लाग्दा फेरी अर्को खुशीको खबर पनि बाहिरिएको छ त्यो हो गत आर्थिक वर्षमा नेपाल विद्युत् प्राधिकरणको नाफा ११ अर्ब रुपैयाँ नाघेको छ ।

प्राधिकरण स्रोतका अनुसार गएको आर्थिक वर्ष २०७६र०७७ मा प्राधिकरणले ११ अर्ब ६ करोड रुपैयाँ नाफा कमाएको छ । अघिल्लो प्राधिकरणले नौ अर्ब ८१ करोड नाफा कमाएकोमा एकैवर्ष झण्डै एक अर्ब २५ करोड रुपैयाँ धेरै नाफा थपिएको हो ।

त्यस्तै आर्थिक वर्ष २०७२र०७३ मा ३४ अर्ब ६१ करोड रहेको सञ्चित घाटालाई त्यसपछिका आर्थिक वर्षमा निरन्तर घटाएर प्राधिकरण गएको आर्थिक वर्षबाट मुनाफा कमाउन सफल भएको प्राधिकरणले जनाएको छ ।

प्रतिकृया दिनुहोस्