Wednesday, January 20

प्रचण्डलाई साथ दिएपनि अवसरबाट वञ्चित गरेकोमा असन्तुष्ट टोपबहादुर रायमाझी

August 16, 2020 160

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझी पछिल्लो समय पार्टी एकताको पक्षधर समुहमा छन् । उनीसहित ११ जना स्थायी कमिटी सदस्यहरुले समुह बनाएर पार्टी नेतृत्वमाथि दबाब सृजना गरिरहेको छ ।

पूर्व माओवादी रायमाझी पछिल्लो समय प्रचण्डसँग असन्तुष्ट छन् । प्रचण्डले माओवादी छाडेर पुनः फर्किएकालाई अवसर दिएपछि असन्तुष्ट थिए । आफूले अप्ठ्यारो समयमा प्रचण्डलाई साथ दिएपनि अवसरबाट वञ्चित गरेकोमा असन्तुष्ट रायमाझीले पछिल्लो समय प्रधानमन्त्री ओली निकटसँग भेटघाट बाक्लो बनाएका छन् । उनले आज सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापालाई भेटेका छन् ।

भेटपछि थापाले उनलाई पार्टी एकता र सहमतिका हिमायती भनी प्रशंशा गरेका छन् । यसलाई निकै अर्थपूर्ण मानिएको छ । ओली पक्षले रायमाझीलाई आफ्नो साथमा ल्याउन कोशिश गरिरहेको छ ।

khabar prabah

प्रतिकृया दिनुहोस्