बुधबार ०९ आषाढ २०७८

स्यांजा । स्यांजाको वालिंगबाट आफ्नो उज्जवल भविष्य र छोरी भएकोमा बुवालाई गौर्वान्वित महसुस गराउनकोलागी अस्मिता रनपालले व्यक्तिगत रुपमा धेरै नै मेहेनत गरेकी छन् । छोरी होस् त उनी जस्तै । यति सानै उमेरमा पनि उनले आफु र आफ्नो अभिभावकको सपना र इज्जतलाई मध्यनजर गर्दै सुनौलो भविष्यकालागी उनले गरेको मेहेनतको सबैले तारिफ गरेका छन् ।

आफ्नै मेहेनतले उनी फुटबलको राष्ट्रिय टीममा छानिएको कुरा थाहा पाएर महानायक राजेश हमाले समेत उनलाई उत्साह दिएका छन् । महानायकले त अस्मितालाई भेट्ने इच्छा समेत व्यक्त गरका छन् । अस्मिता रनपाल सामाजिक सञ्जालमा एउटा चिरपरिचित नाम भई सकेको छ । उनले सानै उमेरमा नै आफ्नो चिनारी राष्ट्रिय लेबलमा बनाई सकेकी छन् । अस्मिताको प्रतिभाको चौतफी चर्चा छ ।

टिकटकमा आफ्ना कृयाकलापलाई प्रस्तुत गरेर भाइरल बनेकी अस्मिता आफ्नो व्यक्तिगत जिवनमा भने सोचेजस्तो तरिकाले अगाडी बढ्न सकिरहेकी छैनन् । गरिबीले उनीहरुको साना सपना पनि पुरा हुन पाएको छैन । यस्तो अवस्थामा पनि उनले हार भने मानिन् । र निरन्तर अघि बढीरहीन् ।

मेचि महाकाली बुहारी संयुक्त आवास र लालीगुरास डटकमका संचालकले उनको सानो चाहना पुरा गरिदिनेभएका छन् । उनको सपना इन्द्रेणी कार्यक्रममा गएर गाउने सपना पुरा हुने भएको छ । उच्च शिक्षा अध्ययनका लागि पनि उनले आर्थिक सहयोग पाएकी छन् । विद्यालयले उनलाई ठूलो सम्मान दिएको छ । उनी अब काठमाडौ आउँदै छन् ।

त्यसका लागि सबैतिरवाट उनले सहयोग पाएकी छन् । उच्च शिक्षा अध्ययन गर्ने, भारतमा भएका बुवाको सपना पुरा गर्ने उनको पनि सपना हो । स्याग्जाकी अस्मिता काठमाडौ हिड्ने तयारी गर्दा उनलाई विदाई गर्न पुरै गाउँ ओइरिएको थियो । अस्मिताको आमा, र उनको दिदीहरु अनिता र विनुले काठमाडौ ल्याउने भएको हो ।

म्युजिक भिडियो निर्माण गर्ने र इन्द्रेणीमा पनि पुग्ने उद्देश्यले स्याग्जावाट अस्मिता काठमाडौका लागि हिडेकी हुन् । अस्मिताको अन्तरवार्ता हेरेर प्रभावित भएकाहरुले उनको क्षमतालाई अवसर दिनुपर्छ भनेर सामाजिक क्षेत्रमा लागेकाहरुले सहयोग गरेका हुन् । फुटवल खेलाडी, राम्रो कलाकार र पढाईमा पनि उत्तिकै अब्बल यी सबै अस्मिताको प्रतिभा हो । भिडियोसहीत

inews13

१४५ पटक हेरिएको

तपाईको प्रतिक्रिया