बुधबार ०८ बैशाख २०७८

काठमाडौं । चितवनको नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत दासढुङ्गामा आज अपराह्न कार र ट्रक ठोक्किँदा दुई जनाको घटनास्थलमै ज्यान गएको छ भने तीन गम्भीर घाइते भएका छन् ।

दिउँसो ४ः२५ बजेको समयमा भरतपुर महानगरपालिका–२९ स्थित दासढुङ्गामा नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ना ६ ख ७३७१ नम्बरको आइचर ट्रक र विपरीत दिशाबाट आउँदै गरेको बा २१ च ६८५९ नम्बरको कार एकापसमा ठोक्किएको थियो ।

दुर्घटनामा परी ज्यान जानेमा कारमा सवार तनहुँ स्याम्घा नगरपालिका–४ का २८ वर्षीय धर्मराज गौली र कास्की लेखनाथ नगरपालिकाका ३१ वर्षीय रामकृष्ण भुजेल रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । दुबैको घटनास्थलमै ज्यान गएको हो ।

दुर्घटनामा परी कार चालक लमजुङ मध्यनेपाल नगरपालिका–७ का ४२ वर्षीय पदम सापकोटा, स्याङ्जा बिरुवा गाउँपालिका–३ का ४२ वर्षीय प्रसाद थापा र तनहुँ ब्यास नगरपालिका–६ का ४० वर्षीय जसमान परियार गम्भीर घाइते भएका छन् ।

news18nepal

२५ पटक हेरिएको

तपाईको प्रतिक्रिया